स्थानीय सरकार
गंगाजमुना गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
फुलखर्क, धादिङ
वागमती प्रदेश, नपाल
प्रथम पटक प्रकाशित मितिः २०७७÷०४÷१८
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) को च.नं. PMEP २३ प.सं. २०७७÷०७८ को मिति २०७७÷०४÷१२ को पत्रानुसार यस गाउँपालिकामा संचालित रोजगार सेवा केन्द्रको लागि आवश्यक प्राविधिक सहायक पद करारमा पदपूर्ति गर्नुपर्ने भएकोले निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिनभित्र माग बमोजिमका विवरण र गाउँपालिकाको नेपाल एस.वि.आई.बैंकमा रहेको राजश्व खाता नं. ४३०९५२४१२०७००४ मा तोकिएको राजश्व दस्तुर वापतको शुल्क दाखिलाको भौचर वा कार्यालयमा राजश्व तिरेको रसिद सहित यस कार्यालयमा आवेदन पेश गर्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपसिलः
सि.नं. १ विज्ञापन नं. GRM/DHADING/02/077-78
पद प्राविधिक सहायक तह पाँचौ संख्या १
१. आवश्यक न्यूनतम योग्यता र अनुभवः
(क) सिभिल इन्जिनियरिङ्गमा प्रविणता प्रमाण तह वा ओभरसियर वा डिप्लोमा तह उत्तीर्ण भएको
(ख) अनुभव र सीपः प्राविधिक सहायकमा देहायका अनुभव र सीप आवश्यक पर्नेछः
कम्तिमा ३ महिने तालिम लिई आधारभूत कम्प्यूटर सीप भएको ।
पूर्वाधारको मर्मतका लागि आयोजनाको लागत अनुमान, सुपरीवेक्षण र अन्तिम लागत विवरण तयार गर्न सक्ने र विश्लेषण गर्न सक्ने, आयोजनाको लक्ष्य र परिमाण हासिल गर्न टोलीमा काम गरेको अनुभव, पारिस्परिक सम्बन्ध सम्बन्धी सीप सहित कम्तिमा ६ महिनाको अनुभव भएको ।
(ग) उमेरः कम्तिमा १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको ।
२. दरखास्त दिने स्थानः गंगाजमुना गाउँ कार्यपालिकाको कार्यालय, फुलखर्क, धादिङ ।
३. दरखास्त दिने अन्तिम मितिः
२०७७÷०४÷३२ (कार्यालय समय भित्र)
४. आवेदनको दस्तुरः रु ५००÷–
५. छनौटको किसिमः प्रारम्भिक योग्यताक्रमको सूची र लिदित परीक्षा ।
६. आवेदन साथ पेश गर्नुपर्ने कागजातहरुः
नागरिकता प्रमाणपत्रको प्रतिलिपि
न्यूनतम योग्यताको लब्धांक प्रमाणपत्रको प्रतिलिपि
चारित्रिक प्रमाणपत्रको प्रतिलिपि
अनुभव खुल्ने कागजात
२ प्रति पासपोर्ट साइजको फोटो
७.सेवा सुविधाः गाउँपालिका तथा नगरपालिकामा प्राविधिक सहायक पदपूर्ति सम्बन्धी प्रक्रियाको दफा ११ र १२ बमोजिम हुनेछ ।
८. सम्पादन गर्नुपर्ने कार्यविवरणः गाउँपालिका तथा नगरपालिकामा प्राविधिक सहायक पदपूर्ति सम्बन्धी प्रक्रियाको दफा ९ बमोजिम हुनेछ ।
(पुनश्च ः आवेदनको ढाँचा र प्राविधिक सहायक पदको कार्यविवरण लगायतका थप जानकारी गाउँपालिकाको वेवसाइट www.gangajamunamun.gov.np मा उपलब्ध छ ।)
प्रमुख प्रशासकीय अधिकृत
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |