धादिङ आवाज असोज २३ काठमाडौं । मंसीरमा हुने प्रतिनिधिसभाको चुनावमा ६०/४० प्रतिशतको भागवण्डाका लागि सैद्धान्तिक सहमति गरेका एमाले र माओवादी केन्द्रवीच कुन जिल्लामा कति सीट लिने भन्ने रस्सा कस्सी सुरु भएको छ । एमालेले राजपाका विद्रोही नेता र नयाँ शक्तिलाई समेत सीट दिनुपर्ने भएकाले त्यसबाट उब्रेका सीटमा मात्रै ६०/४० को भागवण्डा गरिने अडान राखेको छ […]
विस्तृतमाधादिङ आवाज असोज २१ । नेकपा एमाले धादिङले आगामी मंसिर १० गते हुने प्रदेश सभा निर्वाचनको उम्मेदवार छनोट गर्न चारवटै क्षेत्रको बैठक सम्पन्न गरेको छ । प्रदेश सभामा चार वटा क्षेत्र रहेको मध्य क्षेत्र नं. १ अन्तर्गत (१) को निर्वाचन क्षेत्र भित्र धुनिवेसी नगरपालिका, थांक्रे र गल्छी गाउँपालिका समेटिएका छन । जसमा साविकको छत्रेदेउराली, जिवनपुर, […]
विस्तृतमाधादिङ आवाज असोज २१ आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनका लागि धादिङमा २ लाख ३३ हजार ४ सय ७५ जना मतदाता रहेका छन् । जिल्लाभर ५६ हजार ३ सय ८० जना पुरुष, ५८ हजार ९ सय ५९ जना महिला र १ जना तेस्रोलिङगी समेत गरी २ लाख ३३ हजार ४ सय […]
विस्तृतमाधादिङ आवाज, काठमाडौँ– प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाल परिवार दलले नेकपा ९एमाले०सँग चुनावी गठबन्धन गर्ने भएको छ । दुई पार्टीबीचको सहमतिअनुसार परिवार दलका उम्मेदवारले पनि ‘सूर्य’ चिह्न लिएर चुनाव लड्ने छन् । सहमतिमा परिवार दलका उम्मेदवारलाई एमालेले नै टिकट दिने उल्लेख छ । राष्ट्रियता, विकास, संविधानको कार्यान्वयन, शान्ति र लोकतन्त्रका लागि एमाले र परिवार दलबीच […]
विस्तृतमाधादिङ आवाज असोज २० लेनिनको उक्तिलाई अंग्रेजीमा सुनाउँदै उनले भने, ‘यदि तिमीले राजनीतिलाई हस्तक्षेप गरेनौं भने एक दिन तिमीलाई राजनीतिले हस्तक्षेप गर्नेछ भनेर महान लेनिनले भन्नुभएको थियो । वास्तवमा म राजनीतिबाट पीडित भएको सिपाही हुँ । मलाई राजनीतिले हस्तक्षेप गरेपछि मैले राजनीतिमा हस्तक्षेप गर्नैपर्ने भयो । त्यसको लागि उपयुक्त ठाउँ एमाले बाहेक अरु देखिँन ।’ […]
विस्तृतमाधादिङ आवाज असोज १८ नेकपा एमाले धादिङले आगामी मंसिर १० गते हुने प्रदेशसभा निर्वाचनको उम्मेदवार छनौट गर्न ४ वटै क्षेत्रको बैठक बुधबार सम्पन्न गरेको छ । प्रदेश सभामा ४ वटा क्षेत्र रहेको मध्ये क्षेत्र नं १ अन्तर्गत क र ख को बैठक सम्पन्न भएको छ । महादेवबेसीमा सम्पन्न प्रदेश क्षेत्रिय कमिटीको बैठकमा केदार खतिवडा, रामराजा […]
विस्तृतमाधादिङ आवाज असोज १६ नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने र लगतै एउटै कम्युनिष्ट पार्टी बनाउनेसहित ६ बुँदे सहमति भएको छ । सहमतिकर्ता दलका नेताहरुले यो सहमतिलाई ऐतिहासिक भनेका छन् । सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्तिका […]
विस्तृतमाधादिङ आवाज असोज १६ आगामी मंसीर १० मा तोकिएको निर्वाचनको लागि नेपाली काँग्रेस धादिङ कार्य समितिले उम्मेदवारी टुङ्ग्याउन नसकेपछि आकाँक्षीहरुको नाम सोमबारको बैठकले क्षेत्रिय समितिमा पठाउने निर्णय गरेको छ । यी हुन क्षेत्रमा सिफारिस गरिएका नामावलि प्रतिनिधी सभाको लागि क्षेत्र नं १ बाट विश्वप्रकाश अर्याल, देवप्रकाश त्रिपाठी, विदुर अकौलिया । क्षेत्र नं २ बाट रमेश […]
विस्तृतमाधादिङ आवाज असोज १६ नेकपा माओवादी केन्द्र धादिङले आगामी मंसिर १० गते हुने केन्द्र र प्रदेशको चुनावको लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । पुराना त्यागी नेता रामहादुर भण्डारीको नाम सिफारिसमा नपरेको एक जिल्ला नेताले बताएका छन् । प्रत्यक्ष तर्फ प्रतिनिधी सभा तर्फ क्षेत्र नं १ बाट शालिकराम जमकटटेल् क्षेत्र नं २ बाट ध्रुर्व विक्रम […]
विस्तृतमाधादिङ आवाज असोज १५ रामेछाप रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–६ लखनपुरमा करेन्ट लाग्दा २५ जना घाइते भएका छन । घाइते मध्ये ३ जनाको अवस्थाको अवस्था गम्भीर रहेको छ । आज बिहान आठ बजे हाइभोल्टेजको करेन्ट आउदा दोरम्बा गाउँपालिका–६ लखनपुरमा तीन जना गम्भीर घाइते भएका हुन् ।घाइते मध्ये २ जनाको गम्भीर रहेको र एक जना बोल्न सक्ने […]
विस्तृतमाधादिङ आवाज असोज १५ धादिङबेसी धादिङ । नगर क्षेत्र भित्रको सडकमा कालोपत्रे गरेको केही दिनमा नै पुन भत्कीए पछी नीलकण्ठ नगरपालीकाका स्थानीयहरुले सोको विरोध गरेका छन् । सदरमुकाम क्षेत्रको सडक विग्रिएर खाल्टै खाल्टो भएको र बजार सडकका कारण धुलाम्य भए पछी खाल्टा खुल्टी पुरी कालो पत्रे गर्ने कामको सुरुवात गरेको थियो तर कालो पत्रे गर्दै […]
विस्तृतमाधादिङ आवाज असोज १३ राष्ट्रपति विद्यादेवी भण्डारीले वडादसैँ २०७४ को उपलक्ष्यमा ४ सय ५६ कैदीको भुक्तान हुन बाँकी कैदको सजाय माफी दिनुभएको छ । मन्त्रिपरिषद्को सिफारिसका आधारमा उहाँले उनीहरुको भुक्तान हुन बाँकी कैदको सजाय माफी दिनुभएको हो । राष्ट्रपति भण्डारीले कारागार नियमावली, २०२० को नियम २९ को उपनियम (१) र (२ क), कारागार व्यवस्थापन कार्यविधि, […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |