धादिङ,२६ असार।धादिङ सहित देशैभर डेङ्गीको सङ्क्रमण बढिरहेको छ । बर्खा सुरु भएसँगै दिनहुँ डेङ्गीका बिरामी बढ्न थालेका छन्। पछिल्लो २४ घण्टामा धादिङका थप १२ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ। ६ जना पुरुष र ६ जना महिला गरी १२ जना थप डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये सिद्धलेकका १, खनियाबासका १ र […]
विस्तृतमाधादिङ,२५ असार।धादिङमा वनजन्य तथा सौन्दर्यमूलक विरुवाहरु निशुल्क वितरण कार्य शुरू गरिएको छ। डिभिजन वन कार्यालय धादिङको पूर्व सूचना अनुसार डिभिजन वन नर्सरीबाट आज एक समारोहका बीच विभिन्न जातका विरुवाहरु वितरण कार्य शुरू गरिएको हो। डिभिजन वन कार्यालय धादिङका डिभिजनल वन अधिकृत अजय बिक्रम मानन्धरले गजुरी गाउँपालिका वडा नं. २ का पन्नालाल मुक्तानलाई अशोकका दुई वटा […]
विस्तृतमाधादिङ,२४ असार।धादिङका जनप्रतिनिधि र सञ्चारकर्मीसँग जलवायु परिवर्तन सचेतना गोष्ठी सम्पन्न भएको छ। डिभिजन वन कार्यालय धादिङको आयोजनामा वातावरण संरक्षण तथा शहरी वन कार्यक्रम अन्तरगत जलवायु परिवर्तन सम्बन्धी सचेतना गोष्ठी सम्पन्न भएको हो। बढ्दो जलवायु संकटलाई न्यूनिकरण गर्न जनचेतना अभिवृद्धि बढाउने र बढ्दो जलवायू संकटको विषयमा सञ्चारकर्मीहरु र सरोकारवालाहरुको ज्ञानलाई पुनर्ताजगी तथा संकटका नयाँ आयामहरुका विषयमा […]
विस्तृतमाधादिङ,२४ असार।धादिङका थप २२ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ। आज आईतबार एकैदिन १० जना पुरुष र १२ जना महिला गरी २२ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये रुवीभ्यालीका १, ज्वालामुखीका १ र नीलकण्ठ नगरपालिकाका २० जना रहेका छन। शुक्रबार पनि नीलकण्ठका १२ जनामा संक्रमण भएको स्वास्थ्य कार्यालयले जनाएको छ। यो […]
विस्तृतमाधादिङ,२२ असार।नीलकण्ठ नगरपालिकाका जनप्रतिनिधि तथा सरोकारवालालाई बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशाला सञ्चालन गरिएको छ। नगरपालिकाको आयोजनामा धादिङबेशीमा बिहिवार नगरपालिकाका प्रमुख,उपप्रमुख, वडाध्यक्षहरु सहित कार्यपालिका सदस्यहरु, बिषयगत शाखाका कर्मचारीहरु तथा सरोकारवालाहरुलाई अभिमुखिकरण कार्यशाला सञ्चालन गरिएको हो । कार्यक्रममा नगरप्रमुख भीम प्रसाद ढुङ्गानाले बालबालिकाहरुको सर्वाङ्गिण विकासको लागि नगरपालिकाले जिम्मेवारीपुर्वक कार्य गर्दै आएको बताउनुभयो । […]
विस्तृतमाधादिङ,२२ असार।नेपालमा डेङ्गीको सङ्क्रमण बढिरहेको छ । पानी परेसँगै डेङ्गीका बिरामी बढ्न थालेका हुन्। डेङ्गी बढ्ने मौसम शुरु भएकाले क्रमशः बिरामी पनि बढिरहेको र पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले बताउनुभयो। बर्खा सुरु भएयता धादिङमा पनि […]
विस्तृतमाधादिङ,२१ असार।धादिङमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम प्रभावकारी बन्दै गएको छ। जिल्लाको ४ पालिकामा सञ्चालनमा रहेको सामी कार्यक्रमले वैदेशिक रोजगारीलाई प्रभावकारी बनाउँदै लगेको छ । मंगलबार धादिङबेशीमा कार्यक्रमको चालु आर्थिक बर्ष २०७९/०८० मा भएको प्रगती तथा सरोकारवालासँग कार्यक्रमको दिगोपना विषयक छलफलमा बैदेशिक रोजगारको अवस्था, अवसर, चुनौती तथा समाजमा पारेको प्रभाव लगाएतको विषयमा जानकारी गराईएको थियो । […]
विस्तृतमाधादिङ,१९ असार।धादिङबेशीबाट चोरीको मोटरसाईकल सहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका-११ बस्ने बर्ष–२० को सुरज बोगटी र नेत्रावती डबजोङ गाउँपालिका-२ बस्ने बर्ष–२० को बिशाल गुरुङ रहेका छन्। निलकण्ठ-३ स्थित एमालेचोकको सडक किनारामा पार्किङ गरी राखेको अवस्थामा आईतबार राति ११ः३० वजे रातो कालो रंगको बा ८१ प ५१०२ नम्बरको मोटरसाईकल चोरी भएको निवेदन […]
विस्तृतमाधादिङ,१८ असार,सदरमुकाम धादिङबेसीमा सडक बत्ति मर्मत गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। आइतबार साँझ धादिङबेसीस्थित स्थानीय टोल सुधार संस्थाले जडान गरेको सडक बत्ति मर्मत गर्ने क्रममा नीलकण्ठ नगरपालिका-८ रामकोटका ४५ वर्षीय डम्बर बहादुर लामिछाने मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी(डिएसपी) सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो। पानी परिरहेको अवस्थामा विजुलीको पोलमा […]
विस्तृतमायस वर्षको मनसुन सक्रिय भइसकेको छ । मनसुनको सुरुवातसँगै मुलुकका विभिन्न क्षेत्रमा मनसुनजन्य विपदका घटना घट्न गई ठुलो धनजनको क्षति भइसकेको छ ।यसै सन्दर्भमा मनसुनजन्य विपदप्रति सचेत रही जोखिम न्युनिकरण गर्न तथा विपद् पीडितको उद्धार,राहत लगायतका कार्यलाई व्यवस्थित बनाउन देहायका कार्य गर्नु÷गराउनुहुन जिल्ला विपद् व्यवस्थापन समिति,धादिङ सम्बन्धित सबैमा अनुरोध गर्दछौ । १. जल तथा मौसम विज्ञान […]
विस्तृतमाधादिङ,१३ असार।बाँदर नियन्त्रणको माग गर्दै धादिङका किसानहरुले वाग्मती प्रदेशसभा भवन अगाडि प्रदर्शन गरेका छन्। बुधबार धादिङबाट दुईवटा बस रिर्जभ गरेर हेटौंडा पुगेका जिल्लाको तीन गाउँपालिकाका बाँदरपीडित कृषकहरुले हेटौंडास्थित वाग्मती प्रदेशसभा भवन अगाडि प्रदर्शन गरेका हुन्। प्रदेश सरकारले बाँदर नियन्त्रणका लागि कुनै पनि कार्यक्रम नल्याएको भन्दै धादिङको निलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका र ज्वालामुखी गाउँपालिकाका किसानले हेटौंडास्थित […]
विस्तृतमाधादिङ,१२ असार।धादिङमा डेंगुको संक्रमण फैलिँदै गएको छ। बर्खा सुरु भएसँगै डेँगु संक्रमण फैलिएको छ। हिउँदमा शून्य भएको संक्रमण बर्खा सुरु भएसँगै फेरी बढ्न थालेको छ । चालु आर्थिक बर्षको साउन १ यता हालसम्म धादिङ जिल्लाका मात्रै २ हजार ६६६ जनामा संक्रमण पुष्टि भएको छ। आज बुधबार मात्रै १३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। स्वास्थ्य […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |