धादिङ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट करिब ६ किलो ९ सय ग्राम अवैध लागूऔषध चरेशसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका-८ बस्ने ३३ वर्षीय चिन बहादुर डिमडुङ तामाङ रहेको प्रहरीले जनाएको छ।
सोमबार दिउँसो काठमाडौंबाट वीरगंजतर्फ जाँदै गरेको ना ७ ख २०१८ नम्बरको बसलाई इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार तामाङलाई उक्त चरेशसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |