धादिङ। बेनिघाट राेराङ गाउँपालिका-२ ताल्ती जंगलमा लागेको आगो निभाउन जाँदा एकजनाको ज्यान गएको छ।
आगो निभाउन जाँदा सोही ठाउँका संरक्षणकर्मी ४२ वर्षीय थान बहादुर थापा मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी(डिएसपी) सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो।
जंगलमा डढेलो लागेपछि उपभोक्ता संरक्षणकर्मीहरु गएका थिए।थान बहादुर आगो निभाउन लाग्दा सोही स्थानको भालुखाेप भिरबाट लडेर मृत्यु भएको जैसवारले बताउनुभयो।
मृतककाे शवको धादिङ अस्पतालमा पोस्टमार्टम भएको छ।
अहिले धादिङका अधिकांश बनमा डढेलो लागेको छ ।
डिभिजन बन कार्यालयले डढेलो नियन्त्रण कार्यक्रम सञ्चालन गरिरहेको समयमा जिल्ला भर लागेको डढेलोका कारण धादिङकाे आकाश धुवाँले ढाकेको छ।
नलाङ, सलाङ, कुम्पुर, सुनाैलाबजार, कल्लेरी, मुरलीभञ्ज्याङ लगायतका विभिन्न स्थानको जंगलहरुमा दुई दिनदेखि डढेलो लागिरहेको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |