धादिङ। धादिङ जिल्लास्तरिय एन्फा लिग फुटबल प्रतियोगिता आजदेखी सुरु हुँदै छ ।
धादिङ जिल्ला फुटबल संघको आयोजनामा धुनिवेशी ५ स्थित निर्माणाधिन धुनिवेशी खेल मैदानमा आजदेखी सुरु हुने दशौँ जिल्ला लिग फुटबल प्रतियोगितामा जिल्लाभरीका १० वटा क्लब सहभागी छन् ।
सहभागी टिमहरुलाई दुई समुहमा विभाजन गरेर खेलाईने संघका अध्यक्ष रमेश अधिकारीले बताउनुभयो ।
समुह ए मा गजुरी सामुदायीक विकास समाज-गजुरी, भद्रकाली सामुदायीक विकास समाज-बेनीघाट रोराङ, इन्द्राणी युवा क्लव-गजुरी, पञ्चकन्या युवा क्लव-थाक्रे, ब्वाईज युनाईटेड-नीलकण्ठ छन् भने समुह बि मा विद्यार्थी उपकार संघ-नीलकण्ठ, धुनीबेसी युवा क्लव-धुनीबेसी, धादिङ सामाज धादिङ-नीलकण्ठ, गलौदी युवा क्लव-गजुरी र न्यू स्टार युवा क्लव-थाक्रे छन् ।
आजको उद्घाटन खेलमा समुह बि बाट विद्यार्थी उपकार संघ-नीलकण्ठ र धुनीबेसी युवा क्लव-धुनीबेसीबिच हुने फुटबल संघका महासचिव रामहरी थापाले जानकारी दिनुभयो।
प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५० हजार, दोस्रो हुने टिमलाई ७५ हजार र सेमिफाईनलमा प्रवेश गर्ने दुई टिमलाई २५/२५ हजार रुपैँयाको नगद पुरस्कार प्रदान गरिने छ भने पाँच उत्कष्ट विधामा पर्ने खेलाडीहरुलाई ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ।
खेल फिफा र एएफसीको नियम अनुसार खेलाईने र विजेता क्लब नै स्वत बागमती प्रदेश फुटबल प्रतियोगितामा सहभागी हुने महासचिव थापाले बताउनुभयो ।
चैत्र ६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा १३ देखी १५ लाख रुपैँया खर्च हुने आयोजकले जनाएको छ।
यस्तो छ,खेल तालिका :
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |