नेपाल क्रिकेट सङ्घ क्यानले आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाली राष्ट्रिय टोलीले लगाउने नयाँ जर्सी सार्वजनिक गरेको छ।
आउँदो जुनमा अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने विश्वकपमा नेपाली राष्ट्रिय टोलीले लगाउने नयाँ जर्सी युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले हिजो जर्सी सार्वजनिक गर्नुभएको हो ।
नयाँ जर्सी गैँडा र सगरमाथा अङ्कित छ । निलो, रातो, हल्का मधुरो कलेजी र सेतो रङ्ग रहेको जर्सीकोबीचमा नेपाल लेखिएको छ। यस्तै बायाँतर्फ क्यान र दायाँतर्फ आईसीसी टी–२० विश्वकपको लोगो रहेको छ । दुवै बाहुलामा नेपालको झण्डा राखिएको छ । जर्सीको पछाडिको भागमा खेलाडीको नाम र नम्बर पनि रहनेछ ।
टी–२० विश्वकप आउँदो जुन १ देखि अमेरिका र वेस्टइन्डिजमा हुँदै छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |