धादिङको खाल्टेमा आईचर ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
नीलकण्ठ नगरपालिका– ५ खाल्टेको पतेनीबाट पतेनीबेसि तर्फ जाँदै गरेको बा २ ख ८९४७ नम्बरको मल बोकेको ट्रक पिमलखोला नजिकै पाल्पाली टोलमा दुर्घटना हुदा खाल्टे पाल्पाली टोलका १० वर्षिय बालक सन्तोष रम्तेलको घटनास्थलमै मृत्यु भएको थियो । सोही स्थानका ३७ वर्षीय गोपी भन्ने राम बहादुर रम्तेलको धादिङ अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो
दुर्घटनामा परि घाईतेहुनेहरुमा नीलकण्ठ नगरपालिका ५ खाल्टे पाल्पाली टोलका ३१ वर्षीय हिरा रम्तेल, ११ वर्षीय विमल मजकोटी, १२ वर्षीय प्रितम रम्तेल, सुजन रम्तेल, ४० वर्षीय विष्णु रम्तेल र १७ वर्षीय सुजित मजकोटी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।
गम्भीर घाइते भएका ६ जनालाइ नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारको लागि काठमाडौं स्थित ट्रमा सेन्टरमा पठाइएको छ ।
दुर्घटनामा एकैपरिवारका ५ जना समेत परेका छन् ।दुर्घटना भए लगत्तै प्रहरी र एम्बुलेन्स घटनास्थल पुगेर स्थानीयको सहयोगमा घाइतेहरुको उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल ल्याएको थियो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |