धादिङ । खनियाबास गाउँपालिका–१ झार्लाङमा काठ चिर्ने आरोले घाँटी काटिएको अवस्थामा एक युवक युवा फेला परेका छन्।नेत्रावती डवजोङ गाउँपालिका–५ कटुञ्जेका ईश्वर गुरुङ घाइते अवस्थामा फेला परेका हुन् ।
निर्माणाधिन झार्लाङ गिलिङ्चो गुम्बामा हिजो राती करिव १ वजे घटना घटेको स्थानीय मनिष तामाङले जानकारी दिनुभयो । घाँटीको रुद्रीघण्टी आरोले काटिएको अवस्थामा भेटिएको तामाङले बताउनुभयो ।
उनको घाँटीमा ठूलो चोट लागेकोले बोल्न सक्दैनन् ।हाल घाइते गुरुङको स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी अस्पताल पठाइएको मनिष तामाङले बताउनुभयो ।
घटना बारे अनुसन्धान भइ रहेको र अनुसन्धानपछि मात्रै थप जानकारी आउने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले बताउनुभयो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |