धादिङ । धादिङ जिल्ला स्तरीय दशौं एन्फा लिग फुटबल प्रतियोगिताको उपाधी धुनिवेशी युवा समाजले जितेको छ ।
धुनिवेशी खेल मैदानमा आज भएको फाइनल खेलमा भद्रकाली सामुदायिक विकास समाज मलेखुलाई २–१ को गोल अन्तरले पराजित गर्दै धुनिवेशीले उपाधी जितेको हो।
यो सँगै विजेता भएको धुनिवेशीेले नगद १ लाख ५० हजार पाएको छ भने प्रदेश स्तरीय प्रतियोगिताको लागि धादिङ जिल्लाबाट छनोट समेत भएको छ ।
उप विजेता बनेको भद्रकाली सामुदायिक विकास समाज मलेखुले नगद ७५ हजार जितेको छ भने सेमिफाईनलमा रोकिएका गलौदी युवा क्लव गजुरी र ब्वाइज युनाईटेड धादिङले २५/२५ हजार जितेका छन् ।
प्रतियोगिताको सर्वाधिक गोलकर्ता धुनिवेशीका प्रदिप डंगोल भए । उनले प्रतियोगिता भरमा २ गोल गरी गोल्डन बुट जिते ।
यस्तै उत्कृष्ट गोल किपर पनि धुनिवेशीकै सक्सेस श्रेष्ठ, बेस्ट डिफेन्डरमा धुनीबेशीकै सुवाष ए.सी र वेष्ट स्ट्राईकर भद्रकालीका तारा आले मगर घोषित भए ।
धादिङ जिल्ला फुटबल संघको आयोजनामा फागुन २७ गतेबाट सुरु भएको यस प्रतियोगितामा जिल्लाका ८ वटा क्लवहरु सहभागि थिए। तस्विर:शिवराज आचार्य
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |