धादिङ,२२ भदौ।
बद्रीनाथ गैह्रे
आज भाद्र २२ खुशी मनाऔँ निजामती हुनाले
समस्याका पोकाहरु कसौं आऊ सेवाका तुनाले ।
न तलब खान पुग्ने छ न त अरु सुविधा नै छ
तर पनि खुशी नै छु भन्छ है यो मनको कुनाले ।
आफैं मात्र जीउने हैन अरुलाई नि जीउन देऊ
त्यसै खुशी मिल्छ साथी अरुको खुशीले छुनाले ।
राख्नुहुन्न ईष्याभाव कसैको सबैको भलो चिताउँ
बढिन्न है साथि अगाडी आफैं मात्र सम्झी रुनाले ।
देश बदल्नु छ बदल्नु छ गाउँ शहर आफैंलाई
आउ हातमा हात मिलाउँ निजामती हुनाले ।
(नेपाल सरकारका सहसचिव बद्रीनाथ गैह्रे अहिले धादिङका प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ, निजामती सेवाका अब्बल र काविल प्रशासक गैह्रे सिद्धहस्त साहित्यकार पनि हुनुहुन्छ।)b
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |