धादिङका एक युवकको पोर्चुगलमा समुद्रमा डुबेर मृत्यु भएको छ भने अर्का एक युवक बेपत्ता भएका छन्।
मोन्तिजोस्थित समुद्रमा शनिबार राति सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका-५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको छ।
यस्तै सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भएका छन्।
तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल योञ्जनका अनुसार दुवैजना शनिबार राति बेपत्ता भएका हुन् ।
बेपत्तामध्ये धनबहादुरको शव आइतबार उद्धार टोलीले समुद्रमा भेट्टाएको थियो। टेकबहादुर हालसम्म बेपत्ता छन्।
धनबहादुर र टेकबहादुरसहित अन्य दुई नेपाली पनि सामुद्रिक जीव खोज्न गएका थिए।
बेपत्ता टेकबहादुरको झोला र बाल्टी मात्रै भेटिएको योञ्जनले जानकारी दिनुभयो।
धनबहादुरको शव परीक्षणका लागि मोन्तिजोस्थित बरेइरो अस्पतालको शवगृहमा राखिएको छ। बेपत्ताको खोजी गरिरहेको उहाँको भनाइ छ।
धनबहादुर वैदेशिक रोजागारीको सिलसिलामा फ्रान्स हुँदै गत वर्ष पोर्चुगल आएका थिए भने टेक बहादुर१८ दिन अघि मात्रै पोर्चुगल आएका थिए।
दुवैजना मोन्तिजो बस्दै आएका उनीहरु नाताले काका भतिज हुन्।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |