धादिङ पुष ७ । बुढिगण्डकी आयोजनाको काम छिटो सुरु हुने बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेले बताउनु भएको छ । बुढिगण्डकी जलविद्युत आयोजना देशकै गौरवको आयोजना भएकोले यस आयोजनाको काम अब बन्ने गठबन्धको सरकारले बनाउने बताउनुभयो । आठौं धादिङ महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नवनिर्वाचित संघिय सांसद एवं वागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले यस्तो बताउनु भएको हो । यस्तै उहाँले स्थानिय उत्पादनलाई प्राथमिकता दिएमात्रै महोत्सवले सार्थकता पाउने पनि बताउनुभयो । आठौं धादिङ महोत्सव आज बिहीबारदेखि सुरु भएको छ । सदरमुकाम धादिङवेशीं स्थित खुल्लामञ्चमा सुरु भएको महोत्सवको नवनिर्वाचित संघिय सांसद एवं वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले उद्घाटन गर्नुभएको हो ।
महोत्सव उद्ध्घाटन सत्रअघि रुवीभ्याली गाउँपालिकाको तामाङ सस्कृति घोडचढी नाच देखि गजुरी गाउँपालिकाको चेपाङ सस्कृति सम्मलाइ समेटेर झाँकी तथा शोभायात्रा निकालिएको थियो ।
महोत्सवमा स्थानीयतह भित्र उत्पादन हुने वस्तु तथा सेवाको प्रद्धर्शनी, कृषि प्रदर्शनी,साना तथा घरेलु उत्पादनको प्रद्धर्शनी तथा विक्री वितरण, विविध साँस्कृतिक प्रदर्शनी, पर्यटन प्रवद्र्घन सम्वन्धी विविध कार्यक्रमहरु, स्थानीय, राष्ट्रिय तथाअन्तराष्ट्रिय औद्योगिक वस्तुहरुको प्रदर्शनी तथा विक्री, हस्तकलाको प्रदर्शनी तथा विक्रि वितरण,राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरुवाट दैनिक साँस्कृतिक प्रस्तुती, खनिज जन्यवस्तुको प्रदर्शनी तथा विक्री, जडिवुटीको प्रदर्शनी, विक्री तथा जानकारी, आदिवासीहरुको भेषभुषा, संस्कृति तथा रहनसहनको प्रदर्शनी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स वस्तुहरुको प्रदर्शनी तथा विक्री÷सूचना प्रविधी सम्बन्धी जानकारी लगाएत मुख्य आकषर्णको रुपमा राखिएको छ । विगतका महोत्सवमा भन्दा आजबाट सुरु भएको महोत्सवमा स्थानिय उत्पादनलाई बढि प्राथमिकता दिएको छ । महोत्सव पौष ७ देखी १७ गते सम्म सञ्चालन हुनेछ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |