धादिङ । बेनिघाट रोराङ गाउँपालिकामा शैक्षिक गुणस्तर अभिबृद्धिका लागि प्रधानाध्यापकहरुसँग अन्तरक्रिया गरिएको छ।
बुधबार प्रयास नेपाल धादिङको आयोजना तथा चाईल्ड फण्ड जापानको सहयोग र गाउँपालिकाको समन्वयमा भएको अन्तरक्रिया कार्यक्रममा शैक्षिक गुणस्तर बृद्धिमा प्रधानाध्यापकहरुको नेतृत्व, भूमिका तथा जिम्मेवारी र आगामी कार्ययोजनाका सम्बन्धमा छलफल गरिएको थियो ।
कार्यक्रममा प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बेनिघाट रोराङमा सञ्चालित शिक्षामा पहुँच सुनिश्चतता परियोजना अन्तरगत परियोजना कार्यान्वयनका क्रममा हालसम्म सम्पन्न क्रियाकलापहरु, समस्या तथा चूनौतीहरु, उपलब्धीहरु र महत्वपूर्ण सिकाईहरुका बारेमा सहजिकरण गर्नुभएको थियो ।
अन्तरक्रियामा बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया, उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत नर्मदा घिमिरे, शिक्षा अधिकारी बोधराज पाठक, चाईल्ड फण्ड जापानका एरिया मेनेजर दल बहादुर सुनार, डोनरसर्भिस अफिसर श्रीकान्त लुईटेल, परियोजनामा कार्यरत कर्मचारीहरु र वडा नं ६, ८ र १० का १९ वटा सामुदाियक बिद्यालयहरुको प्रधानाध्यापक लगाएतको उपस्थिति रहेको थियो ।
प्रयास नेपालकी उपाध्यक्ष उषा विकको अध्यक्षतामा भएको कार्यक्रममा पालिका अध्यक्ष थपलियाको प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त गाउँपालिकाको वडा नम्बर ६, ८ र १० का सामुदायिक विद्यालयहरुमा गाउँपालिकाको समन्वय तथा सहकार्य,चाईल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले शिक्षामा पहुँच सुनिश्चितता परियोजना सम्बन्धित बिद्यालयसँग समन्वय र सहकार्यमा संचालन गरिरहेको छ ।
परियोजना सञ्चालन पछि विद्यालयहरुमा अति विपन्न तथा विद्यालय छाड्ने जोखिममा रहेका तथा ६०० जना प्रत्यायोजित बालबालिकाकालागी शैक्षिक समाग्री हस्तान्तरण, १३० जना थप प्रत्यायोजित बालबालिका कार्यक्रममा समावेश गर्ने कार्य, सरोकारवलालाई कार्यक्रमका बारेमा जानकारी प्रदान गर्ने, विद्यालयले अभिभावकहरुलाई विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी गराउन थालेको, अभिभावकहरु द्धारा स्थानिय शैक्षिक सामग्री निर्माण तथा संकलन गरी विद्यालयमा प्रदान गरिएको, शैक्षिक सुधारका लागी शिक्षकहरुको तलबबाट मासिक केही रकम छुट्याई ट्युसन कक्षा संचालन भईरहेको आफ्ना बालबालिकाको प्रगति हेर्न अभिभावकहरु विद्यालयमा आउन थालेका, बाल समुहको क्षमता विकासले उनिहरुको नेतृत्व विकासमा सहयोग र अभिभावक सचेतनामा बृद्घि भएको प्रयास नेपालका कार्यकारी निर्देशक अर्यालले बताउनुभयो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |