धादिङ। धादिङ जिल्लास्तरिय एन्फा लिग फुटबल प्रतियोगिता भोलि आईतबारदेखी सुरु हुँदै छ ।
धादिङ जिल्ला फुटबल संघको आयोजनामा धुनिवेशी ५ स्थित निर्माणाधिन धुनिवेशी खेल मैदानमा भोलिदेखी दशौँ जिल्ला लिग फुटबल प्रतियोगिता सुरु हुँदै छ ।
शुक्रबार जिल्ला फुटबल संघले पत्रकार सम्मेलन गरी प्रतियोगिताको् बारेमा जानकारी दिएको छ ।
जिल्लाभरीका १० वटा क्लबले भाग लिने यस प्रतियोगितामा दुई समुहमा विभाजन गरेर खेलाईने संघका अध्यक्ष रमेश अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार प्रथम हुने टिमलाई १ लाख ५० हजार, दोस्रो हुने टिमलाई ७५ हजार र सेमिफाईनलमा प्रवेश गर्ने दुई टिमलाई २५र२५ हजार रुपैँयाको नगद पुरस्कार प्रदान गरिने छ । यस्तै पाँच उत्कष्ट विधामा पर्ने खेलाडीहरुलाई ५ हजार प्रदान गरिने पनि अध्यक्ष अधिकारीले बताउनुभयो ।
पत्रकार सम्मेलनमा संघका महासचिव रामहरी थापाले फिफा र एएफसीको नियम अनुसार खेलाईने खेलका विजेता क्लब नै स्वत बागमती प्रदेश फुटबल प्रतियोगितामा सहभागी हुने बताउनुभयो ।
प्रतियोगिताको सहआयोजक रहेको धुनिवेशी युवा समाजका अध्यक्ष दिनेश आचार्यले प्रतियोगिता सफल रुपमा सम्पन्न गर्न आफुहरुले खेल मैदानको व्यवस्थापन लगायतका कामहरु गरिरहेको बताउनुभयो ।
यस्तै समाजका सचिव भुवन श्रेष्ठले धुनिवेशीमा हुन लागेको जिल्ला स्तरिय प्रतियोगितामा खेलाडीहरु जिल्ला भित्रकै हुनुपर्ने र जिल्ला भित्रका खेलाडी नभएमा स्वतः प्रतिस्पर्धी टिम विजयी घोषणा गरिने बताउनुभयो ।
उक्त लिगका लागि अखिल नेपाल फुटबल सँघले ३ लाख रुपैँया सहयोग गर्ने भएको छ । जिल्लाका धुनिवेशी नगरपालिका सहित निलकण्ठ नगरपालिका, थाक्रे, गल्छि, गजुरी, बेनिघाट रोराङ र सिद्धलेक गाउँपालिकाले पनि प्रतियोगितामा साझेदारी गर्ने भएका छन् ।
प्रतियोगिता सम्पन्न गर्न १३ देखी १५ लाख रुपैँया खर्च हुने आयोजकले जनाएको छ । यस प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्ने तय भएको छ।
चैत्र ६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा गजुरी सामुदायीक विकास समाज-गजुरी, भद्रकाली सामुदायीक विकास समाज-बेनीघाट रोराङ, इन्द्राणी युवा क्लव-गजुरी, पञ्चकन्या युवा क्लव-थाक्रे, ब्वाईज युनाईटेड-नीलकण्ठ, विद्यार्थी उपकार संघ-नीलकण्ठ, धुनीबेसी युवा क्लव-धुनीबेसी, धादिङ सामाज धादिङ-नीलकण्ठ, गलौदी युवा क्लव-गजुरी र न्यू स्टार युवा क्लव-थाक्रे सहभागी हुने छन् ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |