युएईमा आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुरका मोहन पुन रहेको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ।
युएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । पुनले एक रेस्टुरेन्टमा काम गर्ने गरेको दूतावासले जनाएको छ ।
युएईमा दुई दिनदेखि भएको भिषण वर्षाका कारण बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ । बाढीका कारण युएईका सरकारी कार्यलय बन्द रहेको दूतावासले जानकारी दिएको छ ।
युएईमा अहिले भइरहेको बर्षा ७५ बर्ष यताकै ठुलो भएको बताइएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |