धादिङ । कारागार चलान भएका थुनुवा छुटाई दिन्छु भनि रकम ठगी गर्ने धादिङका एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हाल कलंकी बस्ने धादिङको सिद्धलेक गाउँपालिका वडा नं.७ का ३७ बर्षिय शिशिर कुमार भट्ट रहेको प्रहरीले जनाएको छ।
बैकिङ कसुर, बैदेशिक रोजगार जस्ता बिभिन्न मुद्धामा उच्च अदालतको आदेशले डिल्लीबजार कारागार चलान भई थुनामा रहेका कैदीहरुलाई अदालतको सेटिङ मिलाई कारागारबाट छुटाई दिन्छु भनि पिडितहरुलाई बिश्वासमा पारेर ९ लाख ८० हजार रकम ठगी गरेको आरोपमा मंगलबार माईतीघर मण्डलाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
भट्टलाई थप अनुसन्धान एवंम कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौ पठाईएको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |