धादिङ।गंगाजमुना गाउँपालिकामा शैक्षिक सुधारका लागि जनप्रतिनिधि,शिक्षक र सरोकारवालाबिच अन्तरक्रिया गरिएको छ।
मंगलबार वडा नं ५ को वडा भित्र रहेका १० वटा बिद्यालयका शिक्षकहरु, बिव्यसका अध्यक्षहरु र सम्बन्धित सरोकारवाला तथा जनप्रतिनिधिहरुबिच अन्तरक्रिया गरिएको हो ।
विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक अभिभावक संघ लगायत सरोकारवालाहरुको शैक्षिक ज्ञान, सीप तथा क्षमता अभिबृद्धिको मार्फत बालमैत्री वातावरण तयार गरि सिकाई उपलब्धि बृद्धिमा सहयोगको लागि अन्तरक्रिया गरिएको हो।
वडा न ५ का वडाध्यक्ष एवम् गाउँपालिकाको वडा शिक्षा समितिका संयोजक कुमार अधिकारीको अध्यक्षतामा भएको अन्तरक्रियामा वडाका सबै बिद्यालयका सेवा क्षेत्र भित्रका बिद्यालय उमेर समुहका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ, प्रधानाध्यापक , शिक्षकहरु लगायत सरोकारवालाहरु लगायतको थियोे ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक संघ, प्रधानाध्यापक, शिक्षक तथा जनप्रतिनिधिहरुको भुमिका र उत्तरदायित्व, बिद्यालय बाल विकास देखि सबै कक्षा कोठामा बालमैत्री सामाग्री सहित शिक्षण सहजिकरण र बालबालिकाहरुको शैक्षिक सवालहरु, बिद्यालय आर्थिक पारदर्शिता, बाल अधिकार , बालबालिका र अभिभावकहरु अभिभावक र शिक्षक,शिक्षक र प्रधानाध्यापक बिचको सम्बन्ध र यसले बालबालिकामा पार्ने प्रभाव र सम्बन्ध सहज र सुमधुर बनाउन सबै पक्षले गर्नुपर्ने कार्य तथा तौरतरिका, अभिभावक शिक्षाको आवश्यकता,महत्व र संचालन प्रक्रिया लगायतका बिषयबस्तुमा छलफल गरिएको थियो ।
शैक्षिक विकास तथा सिकाई उपलब्धि बृद्धि र बालबालिका हरुलाई बोध सहितको शिक्षण प्रणाली प्रबर्द्धन गर्न अन्तरक्रियात्मक कार्यशाला गरिएको वडाध्यक्ष अधिकारीले बताउनुभयो ।
बिद्यालय बालमैत्री वातावरण सिर्जना गर्न किन जरुरी छ ? स्थानीय स्तरमा उपलब्धि बस्तुहरुलाई कसरी शैक्षिक सामाग्रीको रुपमा प्रयोग गर्ने ,बालबालिका र पारिवारिक सदस्यको सुमधुर सम्बन्ध ,परिवारले बालबालिकालाई गर्नु पर्ने स्याहार तथा हेरचाह, अभिभावकसँग छलफल तथा सचेतना सेसन संचालन बिधि , प्रधानाध्यापक , शिक्षकहरुले के कसरी बालमैत्री विधिबाट शिक्षण गर्नुपर्छ,बिद्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक संघ,शिक्षक, बालबालिकाहरुको भुमिका र उत्तरदायित्व,बिद्यालय विकासमा अभिभावकहरुको भुमिकाका बिषयमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको थियोे।
कार्यशाला पछि शैक्षिक सुधार लागि कार्ययोजना तयार गरि कार्यान्वयन गरिने मण्डली माविका प्रधानाध्यापक ज्ञानेन्द्र कार्कीले बताउनुभयो ।
यसैगरि वडा नं ६ मा पनि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।वडाध्यक्ष एवम् वडा शिक्षा समितिका संयोजक रमेश ढकालको अध्यक्षतामा भएको अन्तरक्रियामा प्रयास नेपालका कार्यकारी निर्देशक अर्यालले सहजिकरण गर्नु भएको थियोे।कार्यशाला पछि वडाका सबै बिद्यालयहरुले शैक्षिक सुधार लागि कार्ययोजना तयार गरि कार्यान्वयन गर्ने वडाध्यक्ष ढकालले बताउनुभयो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |