धादिङ,१५ ज्येष्ठ ।धादिङ जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगितामा चन्द्रोदय बुहमुखी क्याम्पसकी रचना श्रेष्ठ प्रथम भएकी छिन् । सिर्जनशीलता र उद्यमशीलता प्रबर्द्धताःबागमतीमा युवा सशक्तीकरण भन्ने मूल नारा सहित जिल्ला युवा समिति धादिङको आयोजना तथा प्रदेश युवा परिषद् बागमतीको आर्थिक सहयोगमा सोमबार धादिङबेशीमा भएको जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगितामा बेनिघाट रोराङ ५ मा रहेको चन्द्रोदयकी श्रेष्ठ प्रथम भएकी हुन् […]
विस्तृतमाधादिङ,१४ ज्येष्ठ ।महिनावारी स्वच्छता दिवस र गणतन्त्र दिवसको अवसरमा एड्भान्स एकेडेमीमा विविध गतिविधि सञ्चालन गरिएको छ । हरेक वर्ष मे २८ तारिखमा मनाईने महिनावारी स्वच्छता दिवसको अवसरमा कक्षा छ देखि दशसम्मका विद्यार्थीहरूको लागि विद्यालयमा रहेको युवा रेडक्रस सर्कलद्वारा महिनावारी स्वच्छता व्यवस्थापन तथा वैकल्पिक सेनेटरी प्याड बनाउने तालिम सञ्चालन गरिएको हो । त्यस्तै गणतन्त्र दिवसको अवसरमा […]
विस्तृतमाधादिङ,०९ ज्येष्ठ।त्रिपुरासुन्दरी गाउँपालिकामा विद्यालयको वेवसाइट तथा मोबाइल एप्लिकेशनको उद्धघाटन गरिएको छ । गाउँपालिकाको मा.वि तहका ११ वटा विद्यालयहरु तथा २ वटा सामुदायिक क्याम्पसका लागि निर्माण गरिएको विद्यालयको वेवसाइट तथा मोबाइल एप्सको सोमबार गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले उद्घाटन गर्नुभएकोे हो । कार्यक्रममा अध्यक्ष उप्रेतीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा कुनै कमि आउन नदिने बताउनुभएको छ । विद्यालयबाट […]
विस्तृतमाधादिङ,०६ ज्येष्ठ।धादिङबेशीमा रहेको न्यु ककिबो बोर्डिङ स्कुलमा चुनावी प्रक्रियाद्वारा क्याप्टेन, भाइस क्याप्टेन चयन गरिएको छ । शुक्रबार बिहान ११ः३० देखि १ः३० सम्म भएको मतदानमा जम्मा खसेको सदर मत ३६५ मध्य १६६ प्राप्त गरि समीर भन्डारी स्कुल क्याप्टेन, १०९ मत प्राप्त गरि रोजिना चौलागाईं स्कुल भाइस क्याप्टेन, ६७ मत प्राप्त गरि अविशेक बानिया रेड हाउस क्याप्टेन, […]
विस्तृतमाधादिङ,०२ ज्येष्ठ।हिमाअस एजुकेशन कन्सल्टेन्सीले धादिङवेशीमा शाखा विस्तार गरेको छ । अस्ट्रेलियाबाट सुरु भएको हिमाअसले शाखा बिस्तार गर्नेक्रममा १७ औँ शाखा सदरमुकाम धादिङवेशीमा विस्तार गरेको हो । धादिङ जिल्लाका विद्यार्थीहरुलाई लक्षित गरी धादिङवेशीस्थित शान्त बजारमा शाखा विस्तार गरिएको कन्सल्टेन्सीका निर्देशक सुवास अर्यालले जानकारी दिनुभयो। सोमबार एक कार्यक्रमका बिच नीलकण्ठ नगरपालिका वडा नं ३ का वडाध्यक्ष राजकुमार […]
विस्तृतमागजुरी,३० बैशाख।गजुरी गाउँपालिका वडा नं ६ मा शैक्षिक सुधारका बिषयमा जनप्रतिनिधि र शिक्षकहरुबिच अन्तरक्रिया गरिएको छ ।वडामा रहेका ७ वटा बिद्यालयका सबै शिक्षकहरु, बिव्यसका अध्यक्षहरु र सम्बन्धित सरोकारवाला र जनप्रतिनिधिहरु बिच शनिबार अन्तरक्रिया गरिएको हो । विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक अभिभावक संघ लगायत सरोकारवालाहरुको शैक्षिक ज्ञान,सीप तथा क्षमता अभिबृद्धिको मार्फत बालमैत्री वातावरण तयार गरि […]
विस्तृतमाधादिङ,२७ बैशाख । धादिङका एक वृद्धदम्पतीले वृद्धभत्ताबाट विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्। जिल्लाको ज्वालामुखी गाउँपालिका– २ पोखरीचोकका खड्कनारायण श्रेष्ठ र उनकी श्रीमती यमकुमारी श्रेष्ठले नेपाल सरकारबाट पाउने वृद्धभत्ताबाट चौरासी सिद्धपूजाको अवसरमा गाउँकै ठूलोचौर माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन्। विद्यालयमा एक समारोहको आयोजना गरी वृद्धदम्पतीले प्रधानाध्यापक श्यामकुमार श्रेष्ठलाई अक्षयकोष स्थापनाका लागि २ लाख १ हजार […]
विस्तृतमाधादिङ,२६ बैशाख ।धादिङको ज्वालामुखी गाउँपालिकाले महिलाहरुलाई उद्धघोषण तथा भाषण कला तालिम दिने भएको छ । गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै गाउँपालिका भित्रका आमा समुहको अध्यक्ष वा पदाधिकारी, महिला सहकारीको अध्यक्ष वा पदाधिकारी/प्रवन्धक/कर्मचारी, टोल विकास संस्थाको महिला अध्यक्ष वा पदाधिकारी र महिला स्वयंसेविकाहरुलाई जेठ ३ गतेदेखि ३ दिने उद्धघोषण तथा भाषण कला तालिम संचालन गर्ने […]
विस्तृतमाकक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । परिक्षामा देशभर १४ सय ५७ परीक्षा केन्द्रमा चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी सहभागी भएका छन् । धादिङ जिल्लामा १४ परीक्षा केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय इकाइ,धादिङले जनाएको छ । इकाइका अनुसार धादिङबाट ३ हजार ५९२ जना विद्यार्थी परिक्षामा सहभागि छन् ।यस […]
विस्तृतमाधादिङ,२२ बैशाख।धादिङको नीलकण्ठ नगरपालिका वडा नं ४ स्थित अल्छिडाँडामा विपद पुर्व तयारी तथा प्रतिकार्य अभ्यास गरिएको छ । शुक्रबार शिवदल गण गजुरी व्यारेक धादिङको आयोजना तथा व्यवस्थापन र जिल्ला प्रशासन कार्यालय, नीलकण्ठ नगरपालिका, जिल्ला प्रहरी कार्यालय,सशस्त्र प्रहरी बल आश्रित गुल्म र रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाको समन्वय तथा सहयोगमा विपद पुर्व तयारी तथा प्रतिकार्यको लागि […]
विस्तृतमागजुरी,१८ बैशाख ।गजुरी गाउँपालिका–३ मा शैक्षिक सुधारका लागि गजुरीका जनप्रतिनिधि र शिक्षकहरुबिच अन्तरक्रिया गरिएको छ । शैक्षिक सुधारका लागि वडामा रहेका ५ वटा बिद्यालयका शिक्षकहरु, बिव्यसका अध्यक्षहरु र सम्बन्धित सरोकारवाला तथा जनप्रतिनिधिहरुबिच आईतबार अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा बिद्यालयका सेवा क्षेत्र भित्रका बिद्यालय उमेर समुहका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, […]
विस्तृतमाधादिङ,०६ बैशाख ।सिद्धलेक गाउँपालिका–१ गहतेमा रहेको बलदेवी आधारभूत विद्यालयको तह घटुवाविरुद्ध अभिभावकहरुले विरोध जनाएका छन् । विद्यालयको तह घटुवा गरी शिक्षकहरुलाई नियमविपरीत सरुवा गरेको विरोधमा अभिभावकहरुले मंगलबार वडा कार्यालय बन्द गरेका थिए । अभिभावक र विद्यार्थीको हित विपरीत स्थानीय सरकारले विद्यालयको तह घटुवा गरेकोले अभिभावकहरु आन्दोलनमा उत्रिएको चेतनाथ सिलवालले बताउनुभयो । कक्षा ५ सम्म सञ्चालित […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |