धादिङ आवाज पौष २१ । चेपाङ समुदायको वास्तविक अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लाका उच्च पदाधिकारीहरुको टोली बुधवार बेनीघाट रोराङ गाँउपालिका वडा नं. २ बु्रसबाङमा पुगेका छन । बु्रसबाङका चेपाङ समुदायसंग प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले त्यहाको समस्या तथा उनीहरु शिक्षा खानेपानी, स्वास्थ्य, जीविकोपार्जनका विषयमा कुरा गर्नुभयो । सो क्रममा बु्रसबाङका चेपाङहरुले खानेपानीको बिकराल समस्या, […]
विस्तृतमाधादिङ आवाज पौष नागरिकता व्यक्तिगत घटना दर्ता र एकल महिला सुरक्षा कोष सम्बन्धी प्रदशनी मेला सम्पन्न भएको छ । धादिङको वेनिघाट रोराङ गाउपालिका अन्तर्ग ताल्तिमा अक्सफाम र फोकस नेपालले सो पर्दशनी मेला सम्पन्न गरेको हो । प्रदशनी मेलामा समुदायमा रहेका व्यक्तिहरुले आफ्ना समस्याहरु राख्ने समाधानको उपाय वुझ्ने मौका पाएका थिए । मेलामा नागरीकता जन्मदर्ता नवनाएका […]
विस्तृतमाधादिङ आवाज पौष नेपाल पत्रकार महासंघ धादिङ शाखाका उपाध्यक्ष गोविन्द बुढाथोकी सोमबार मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाईते भएका छन् । गजुरीबाट धादिङबेसी फर्कदै गर्दा बुढाथोकी सवार बा ६८ प ३१२३ नम्बरको मोटरसाइकललाई मलेखुतर्फ जाँदै गरेको ना ५ ख ३७६४ नम्बरको ट्रकले धादिङको सिद्धलेक गाउँपालिका १, कालुपाण्डे लोकमार्गमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको […]
विस्तृतमाधादिङ आवाज पौष स्वास्थ्योपचारका लागि आउने विरामीबाट अतिरिक्त रकम लिएर ठगी गरेको भन्दै थप अनुसन्धान गरी कारवाही चलाउन आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले महानगरीय प्रहरी परिसरमा पत्राचार गरेको छ । विभागले सोमवार काठमाडौंको धापासीस्थित ग्राण्डी इन्टरनेसनल हस्पिटल, ग्वार्कोस्थित बी एण्ड बी हस्पिटल प्रालि, बाँसबारीको नेसनल इन्टिच्यूट अफ न्यूरोलोजिकल एन्ड एलिड साइन्स (न्यूरो हस्पिटल), […]
विस्तृतमाधादिङ आवाज पौष सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको हो । निगम प्रवक्ता विरेन्द्र गोइतका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक-एक रुपैयाँ मूल्य बढाइएको छ । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ […]
विस्तृतमाधादिङ आवाज पौष सोमबार देखी विधिपुर्वक गरिने स्वास्थानी ब्रत सुरुभएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि शुरु भएको हो। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको […]
विस्तृतमाधादिङ आवाज पौष अक्सफाम र एक्सन नेपालको सहकार्यमा तथा स्थानिय उपभोक्ताहरुको अगुवाईमा खानेपानी आयोजना निर्माण गरेपछि त्रिपुरासुन्दरीवासीको आँगनमै धाराबाट खाने पानी पिउने सपना पुरा भएको हो । वर्षोसम्म खानेपानीको समस्या भोगेका त्रिपुरासुन्दरीबासीले खानेपानीको लागि गाउँपालिका, जिविस हुँदै विभिन्न संघसंस्थाको दैलो धाएपनि कतैवाट सहयोग नपाएको गुनासो गरेका छन् । उनीहरुले अहिले अक्सफाम र एक्सन नेपालले घरघरमै […]
विस्तृतमाधादिङ आवाज ज्वालामूखी गाउँपालिका वडा न ४ पुर्सु धादिङमा लापर्वाही पूर्वक हाईटेन्सन लाइनको तार जोड्ने क्रममा शनिबार एकको मृत्यु भएको छ । लापर्वाही पूर्वक हाईटेन्सन लाइनको तार जोड्ने क्रममा एक जना मजदुरका मृत्यु भएको हो । तार जोड्दै गर्दा माथि अर्को तारमा तार जुधेपछि करेन्ट लागेर बझाङ जिल्ला वित्थडचिर गाउँपालिका वडा न ८ का २२ […]
विस्तृतमाधादिङ आवाज गजुरी गाउंपालिकाको समन्वयमा गजुरी गाउंपालिका अन्र्तगत लैंगीक तथा संरक्षण कार्यक्रम अन्तरगत गजुरी गाउँपालिका वडा नं. ७ किराञ्चोक वगैंचामा नागरिकता, व्यक्तिगत घटना दर्ता र एकल महिला सुरक्षा सम्वन्धि विविध विषयमा प्रदर्शनी मेला सम्पन्न भएको छ । लक्षीत समुदायलाई नागरिकता तथा व्यक्तिगत घटना दर्ता सम्वन्धी सूचना दिने उदेश्य राखि प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) […]
विस्तृतमाधादिङ आवाज । थाक्रे गाउँपालिका धादिङले ग्रामिण प्राथमिक उद्धारकर्ता ३ दिने तालिम महादेववेंशीमा सञ्चालन गरेको छ । शुक्रबारबाट शुरु ग्रामिण प्राथमिक उद्धारकर्ता परिचालनका लागि थाक्रे गाउँपालिकाको पारित नीति तथा कार्यक्रममा समावेश योजना अनुरुप प्रत्येक वडा बाट ३ जना सकृय स्वयंसेवी युवा, स्वास्थ्यकर्मि, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक लगाएत ३३ जना स्वयंसेवीहरुलाई तालिम प्रदान गरेको हो । […]
विस्तृतमाधादिङ आवाज नेपाल राष्ट्रिय शिक्षक संगठन नीलकण्ठ नगरपालिकाको पहिलो नगर अधिबेशन शनिबार नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङका अध्यक्ष बैकुण्ठ अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । पहिलो नगर अधिबेशनले कृष्णप्रसाद सिलवालको अध्यक्षतामा २७ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । अधिबेशनले महिला उपाध्यक्षमा ज्योति भट्ट, उपाध्यक्ष ध्रुव खतिवडा,सचिव शिव खतिवडा, सहसचिव गीता लम्साल, कोषाध्यक्ष […]
विस्तृतमानेपाली कांग्रेसले प्रदेशसभाका समानुपातिक सांसद टुंगो लगाएको छ । जस अनुसार प्रदेश १ बाट प्रतापप्रकाश हाङमाङ , विद्यानन्द चौधरी, चन्द्रप्रसाद श्रेष्ठ लिला सुब्बा ,ज्योति सुब्बा,शरदचन्द्र थापा,लोकप्रसाद संग्रौला ,सीतादेवी पौडेल र विन्दिया कार्की रहेका छन्। प्रदेश २ बाट शिवचन्द्र चौधरी (धनुषा), ओमप्रकाश शर्मा (पर्सा), सरस्वती चौधरी (धनुषा), गीताकुमारी यादव (सप्तरी),मन्जुकुमारी यादव (महोत्तरी),असियादेवी थरुनी(पर्सा), प्रमिलादेवी दास […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |