धादिङ,०३ ज्येष्ठ।धादिङको खनियाबास गाउँपालिकाले स्थानीय तहबाट श्रम स्वीकृति दिने व्यवस्थालाई कार्यान्वयनमा ल्याएको छ । वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दोे तथा सहज बनाउन वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आजबाट गाउँपालिकाबाटै दिन सकिने गाउँपालिकाको रोजगार संयोजक भीष्मा पाख्रीनले जानकारी दिनुभयो । बैदेशिक रोजगारीमा जाने श्रमिक तथा कामदारको व्यक्तिगत […]
विस्तृतमाधादिङ,०१ ज्येष्ठ ।नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघ धादिङले सरकारी सवारी साधनको दुरुपयोग रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएको छ । युवा संघ धादिङले सोमबार जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ । राष्ट्रिय युवा संघ धादिङका अध्यक्ष सुनिल तामाङको नेतृत्वमा गएको टोलिले सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीमार्फत संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई […]
विस्तृतमाधादिङ,२९ बैशाख। धादिङको बिभिन्न स्थानीय तहमा पशुचौपायामा लाग्ने लम्पी स्किन रोग फैलिएको छ । जिल्लाको थाक्रे,सिद्धलेक, ज्वालामुखी, गंगाजमुना लगाएतका पालिकामा लम्पी स्किनको महामारी फैलिएको छ । गाई भैंसीमा रोग प्रमाणित भएपछि गाउँपालिकाहरुले सूचना जारी गर्दै अन्यत्र जिल्ला/पालिकाबाट गाउँपालिका भित्र वा बाहिर र गाउँपालिकाको एक वडा/स्थान बाट अन्य वडा/स्थानमा गाई भैंसीको ओसारपसार नगर्न/नगराउन अनुरोध गरिरहेका छन् […]
विस्तृतमाधादिङ,२६ बैशाख।धादिङका थप एक जनामा डेंगु संक्रमण भएको छ । सोमबार नीलकण्ठ नगरपालिकाका एक पुरुषमा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । शुक्रबारमात्रै नीलकण्ठका २ जना र गंगाजमुनाका १ जनामा संक्रमण पुष्टि भएको थियो । यो सँगै धादिङमा संक्रमित हुनेको संङ्ख्या २ हजार ५ सय ९५ पुगेको छ । यो चालु् आर्थिक […]
विस्तृतमाधादिङ,२३ बैशाख ।बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले ‘जनयुद्धमा धादिङ’ पुस्तक विमोचन गर्नुभएको छ । शनिबार धादिङबेशीमा आयोजित एक समारोहका बीच मुख्यमन्त्री जमकट्टेलले एन. एस. मिडिया धादिङद्धारा प्रकाशित ‘जनयुद्धमा धादिङ’ पुस्तक विमोचन गर्नुभएको हो । पुस्तकमा २०५२ साल देखि २०६२ साल सम्म चलेको १० बर्षे जनयुद्धका क्रममा धादिङमा मारिएकाहरुको जीवनी, वेपत्ता, घाईते/अपाङ्ग, विस्थापितहरुको सूची, जनयुद्ध संस्मरण, […]
विस्तृतमाधादिङ,२२ बैशाख।धादिङको नीलकण्ठ नगरपालिका वडा नं ४ स्थित अल्छिडाँडामा विपद पुर्व तयारी तथा प्रतिकार्य अभ्यास गरिएको छ । शुक्रबार शिवदल गण गजुरी व्यारेक धादिङको आयोजना तथा व्यवस्थापन र जिल्ला प्रशासन कार्यालय, नीलकण्ठ नगरपालिका, जिल्ला प्रहरी कार्यालय,सशस्त्र प्रहरी बल आश्रित गुल्म र रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाको समन्वय तथा सहयोगमा विपद पुर्व तयारी तथा प्रतिकार्यको लागि […]
विस्तृतमाधादिङ,१८ बैशाख।नेपाल घरेलु तथा साना उद्योग महासंघ धादिङको अध्यक्षमा नवराज छत्कुली निर्वाचित हुनुभएको छ । सोमबार वेनिघाट रोराङ गाउपालिका–३ स्थित रिचोकटार मलेखुमा भएको नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा धादिङको २३ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनले छत्कुलीको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा चिनामाया श्रेष्ठ, उपाध्यक्ष […]
विस्तृतमाधादिङ,१८ बैशाख।धादिङका थप २ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । सोमबार नीलकण्ठ नगरपालिकाका थप २ जना महिलामा स्क्रब टाइफसको संक्रमण देखिए स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।यो सँगै जिल्लामा संक्रमित हुनेको संख्या ४४ पुगेको छ। स्वास्थ्य कार्यालयद्धारा सार्वजनिक तथ्यांकअनुसार चालु आर्थिक बर्षको साउन यता २१ जना पुरुष र २३ जना महिलामा स्क्रब टाइफस संक्रमण भएको […]
विस्तृतमाधादिङ,१६ बैशाख।धादिङमा पनि गाईभैँसीमा लम्पी स्किन रोग देखापरेको छ । जिल्लाको बिभिन्न स्थानिय तहमा लम्पीस्किन रोगका लक्षण देखिएपछि नमुना परिक्षण गर्दा लम्पी स्कीन डिजिज प्रमाणित भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा.सन्दिप सिलवालले बताउनुभयो । शनिबार धादिङबेशीमा केन्द्रको आयोजनामा भएको लम्पी स्किन रोग सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै डा.सिलवालले विगत केही दिनदेखि […]
विस्तृतमाधादिङ,१४ बैशाख।दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताका लागि धादिङमा जिल्लास्तरीय खेलाडी छनौट प्रतियोगिता जारी रहेको छ । बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा बैशाखको अन्तिम साता हेटौंडामा हुने बागमती प्रदेश खेलकुद प्रतियोगिताका लागि धादिङबेशीमा बैशाख १२ गतेदेखि जिल्लास्तरीय खेलाडी छनौट प्रतियोगिता जारी रहेको छ । प्रतियोगिताका लागि धादिङबेशीमा महिला/पुरुष दुबैतर्फ बिभिन्न ९ बिधामा खेलाडी छनोट भईरहेको […]
विस्तृतमाधादिङ,१२ बैशाख ।नुवाकोटको म्यागङ गाउँपालिका–५ मा भएको अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधी धादिङको सिद्धलेक गाउँपालिकाले जितेको छ । सामरीमा मंगलबार भएको फाईनल खेलमा नुवाकोटको तादी गाउँपालिकालाई पराजित गर्दै नुवाकोट, रसुवा र धादिङ तीन जिल्लाको अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी सिद्धलेकले जितेको हो । उपाधी जितेसँगै सिद्धलेक गाउँपालिकाले नगद दुई लाख पाएको छ । […]
विस्तृतमाधादिङ,११ बैशाख ।दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताका लागि बैशाख १२ गतेदेखि धादिङ जिल्लास्तरीय खेलाडी छनौट गरिने भएको छ । आईतबार धादिङ जिल्ला खेलकुद विकास समितिले एक सूचना जारी गर्दै प्रदेश स्तरीय खेलकुदको लागि बैशाख १२ गतेदेखि १५ गतेसम्म जिल्लास्तरीय खेलाडी छनौट प्रतियोगिता गर्ने जनाएको छ । बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा बैशाखको अन्तिम साता […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |