यस वर्षको मनसुन सक्रिय भइसकेको छ । मनसुनको सुरुवातसँगै मुलुकका विभिन्न क्षेत्रमा मनसुनजन्य विपदका घटना घट्न गई ठुलो धनजनको क्षति भइसकेको छ ।यसै सन्दर्भमा मनसुनजन्य विपदप्रति सचेत रही जोखिम न्युनिकरण गर्न तथा विपद् पीडितको उद्धार,राहत लगायतका कार्यलाई व्यवस्थित बनाउन देहायका कार्य गर्नु÷गराउनुहुन जिल्ला विपद् व्यवस्थापन समिति,धादिङ सम्बन्धित सबैमा अनुरोध गर्दछौ । १. जल तथा मौसम विज्ञान […]
विस्तृतमाधादिङ,१२ असार।धादिङमा डेंगुको संक्रमण फैलिँदै गएको छ। बर्खा सुरु भएसँगै डेँगु संक्रमण फैलिएको छ। हिउँदमा शून्य भएको संक्रमण बर्खा सुरु भएसँगै फेरी बढ्न थालेको छ । चालु आर्थिक बर्षको साउन १ यता हालसम्म धादिङ जिल्लाका मात्रै २ हजार ६६६ जनामा संक्रमण पुष्टि भएको छ। आज बुधबार मात्रै १३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। स्वास्थ्य […]
विस्तृतमाधादिङ,११ असार।धादिङमा नेपाल मानव अधिकार बर्ष पुस्तक २०२४ को अर्धबाषिक पूर्व समिक्षा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धादिङको आयोजनामा सोमबार धादिङबेशीस्थित नेपाल वार एसोसिएसनको हलमा इन्सेकद्धारा प्रकाशन हुने ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४’ को अर्धबाषिक पूर्व समिक्षा गरिएको हो । पुस्तक २०२४ को लागि सन् २०२३ को जनवरीदेखि जुनसम्म जिल्लामा […]
विस्तृतमाउत्तरी धादिङको रुवी भ्याली गाउँपालिकामा गाउँसभाको क्रममा झडप भएको छ। गाउँपालिकाको कार्यालय सेर्तुङमा आज सुरु भएको १३औं गाउँसभाको अधिवेशनको क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले विद्यालयमा पढाइरहेका शिक्षकलाई स्रोतव्यक्ति नियुक्त गरेको भन्दै विरोध गरेपछी विवाद हुँदा झडप र तोडफोड भएको गाउँसभामा सहभागी एक जनप्रितिनिधिले बताए । त्यस क्रममा उनीहरुले गाउँसभा भइरहेको मञ्चमा तोडफोड गरेका थिए […]
विस्तृतमाधादिङ,०८ असार।धादिङमा भोलि शनिबार पनि विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले सूचना जारी गर्दै भोलि शनिबार मौसम अनुकुलतामा रातमाटे धादिङ ३३ के.भि प्रशारण लाईन पेटोलिन गर्ने तथा लाईनको नजिक रहेका रुखका हाँगाबिगाँ काट्नुपर्ने भएकोले बिहान ६ बजेदेखी बिहान ११ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको छ । यस वितरण […]
विस्तृतमाधादिङ,०७ असार।नेपाली काँग्रेसका सांसद रामनाथ अधिकारीले धादिङ र गोरखाका जनताहरु निराशामा रहेको बताउनुभएको छ ।बुधबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा बोल्दै सांसद अधिकारीले बुढिगण्डकी जलबिद्युत आयोजनाको अन्यौलताका कारण धादिङ र गोरखा जनताहरु निराशामा रहेको बताउनुभएको हो । देशकै गौरबको आयोजना भनिरहदा बजेट भाषणमार्फत पुर्नआवास र मुआब्जा वितरण कार्यालय खारेजीमा पर्नुले प्रभावित र बिस्थापित सँधै अन्यौलतामा […]
विस्तृतमाधादिङ,०६ असार।धादिङको नीलकण्ठ नगरपालिका वडा नं.३ शान्तबजारबाट २ सय २५ किलो बिभिन्न प्रकारको CRYSTAL QUARTZ (रुवी ढुङ्गा)सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको साविक रि गा.बि.स.वडा नं.२ स्थाई घर भई हाल निलकण्ठ नगरपालिका वडा नं.३ शान्तबजार बस्ने बर्ष ७२ को गंगा बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी(डिएसपी)सन्तुलाल प्रसाद जैसवारले जानकारी […]
विस्तृतमाधादिङ,०५ असार ।धादिङको नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भिम प्रसाद ढुङगानाले राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांक तथ्यपरक नभएको भन्दै असन्तुष्टि जनाउनुभएको छ । ढुङगानाले १० वर्षको अवधिमा नगरपालिकामा ३ सय १३ जना मात्रै जनसंख्या बढेको देखिएकोले यो गलत रहेको बताउनुभयो । मंगलबार तथ्याङ्क कार्यालय मकवानपुरले धादिङबेशीस्थित जिल्ला प्रशासन कार्यालयमा आयोजना गरेको राष्ट्रिय जनगणना २०७८ को धादिङ जिल्ला स्तरीय […]
विस्तृतमाधादिङ,०५ असार।अतिरिक्त हुलाक धादिङका कर्मचारी आन्दोलित भएका छन् । सरकारले बजेट भाषण मार्फत कार्यालय खारेजी गर्ने निर्णयको विरोधमा अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरु आन्दोलित भएका हुन् । अतिरिक्त हुलाक कर्मचारी एसोसिएसन जिल्ला समिति धादिङले मंगलबारदेखी जिल्ला हुलाक कार्यालयमा धर्ना सुरु गरेको छ। अतिरिक्त हुलाक खारेजीका सट्टा रुपान्तरण र व्यवस्थापनको आवश्यकताका बेला सरकारले कार्यालय नै खारेजी […]
विस्तृतमाधादिङ,०५ असार ।धादिङमा अखिल नेपाल कबड्डी संघ गठन गरिएको छ । मंगलबार रत्नेश कुमार यादवको अध्यक्षतामा १३ सदस्यीय अखिल नेपाल कबड्डी संघ धादिङ गठन गरिएको हो ।जसमा संघको उपाध्यक्षमा सरिता घले र बिप्सा तामाङ, सचिवमा विवेक मान्नधर र कोषाध्यक्षमा मनिष श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रन्जीत श्रेष्ठ, सुमित दूधराज, श्री कृष्ण रिजाल, विशाल […]
विस्तृतमाधादिङ,०३ असार।धादिङ जिल्ला स्तरीय महिला/पुरुष कबड्डी प्रतियोगितामा पुरुषतर्फ राईजिङ कबड्डी ग्रुप र महिलातर्फ बाल मन्दिर मावि प्रथम भएको छ । आईतबार भएको फाईनल खेलमा पुरुषतर्फ धादिङबेशीको राईजिङ कबड्डी ग्रुपले धादिङबेशीकै न्यू किबो बोर्डिङलाई पराजित गर्दै प्रथम भएको हो। त्यस्तै महिला तर्फ भने धादिङबेशीको बालमन्दिर माविले धादिङबेशीकै नीलकण्ठ मावि लाई पराजित गर्दै प्रथम भएको छ । […]
विस्तृतमाधादिङ,०१ असार।धादिङ जिल्ला स्तरीय महिला/पुरुष कबड्डी प्रतियोगिता आज देखि सुरु भएको छ । धादिङ जिल्ला कबड्डी क्लवको आयोजना तथा नीलकण्ठ नगरपालिकाको सहयोगमा धादिङबेशीस्थित कर्भड हलमा सुरु भएको प्रतियोगिताको जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिं तामाङले उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गदै अध्यक्ष तामाङले खेलकुद विकास समितिले आवश्यक सहयोग गर्ने भन्दै आगामी दिनमा […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |