धादिङ आवाज,१५ असोज । त्रिपुरासुन्दरी गाउँपालिका २ सल्यानटारमा हुने महोत्सवको लागि कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना ४ ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो । दुर्घटना परि मृत्यु हुनेमा कपिलवस्तुका अन्दाजी ३५ बर्षिय इन्द्रजित पासी, अन्दाजी २५ बर्षिय सहदाम अन्सारी ररहेका छन्। यस्तै […]
विस्तृतमाधादिङ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्व सभामुख अग्नि प्रसाद सापकोटाले आगामी बजेटमा कृषि क्षेत्रलाई सर्वाधिक महत्व दिनुपर्ने बताउनुभएको छ। शनिबार प्रेस सेन्टर नेपाल धादिङले धादिङबेसीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व सभामुख सापकोटाले कृषि क्षेत्रलाई सर्वाधिक महत्व दिएर नवप्रवर्धनमा जोड दिने खालको बजेट ल्याउनु पर्ने बताउनुभएको हो । उहाँले अहिले संसदमा […]
विस्तृतमानेकपा एमाले गजुरीको अध्यक्षमा रामचन्द्र मिजार चयन हुनुभएको छ।शुक्रबार सम्पन्न भएको दोस्रो अधिवेशनले मिजारको अध्यक्षतामा ४८ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको हो। कमिटीको उपाध्यक्षमा विष्णु श्रेष्ठ, सचिवमा ईन्द्र बहादुर अधिकारी, उप-सचिवमा रामहरि थापा र कोपिला सिलवाल चयन हुनुभएको छ ।
विस्तृतमाधादिङ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख राजन भट्टराईले मुलुकको आर्थिक विकासको आमुल परिवर्तनको लागि एमाले आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार धादिङको गजुरीस्थित एमाले गजुरी गाउँपालिका कमिटिको दोश्रो अधिवेशन उद्घाटनसत्रलाई सम्बोधन गर्दै भट्टराईले मुलुकको राष्ट्रियता र लोकतन्त्रको संरक्षण गर्दै आर्थिक विकासको आमुल परिवर्तनको लागि एमाले नै आवश्यक रहेको बताउनुभएको […]
विस्तृतमाटी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षणको तालिका सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघले अमेरिकामा हुने नेपाली टिमको प्रशिक्षणको तालिका सार्बजनिक गरेको हो । जस अनुसार नेपाली टिमले ८ मे देखि ११ मे सम्म फ्लोरिडामा ट्रेनिङ क्याम्प गर्ने छ । त्यस्तै १२ मे मा नेपाली टिम सेन्ट भिनसेन्ट जाने र १९ […]
विस्तृतमाआजदेखि सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको वर्षे अर्थात् बजेट अधिवेशन शुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरूप सदनको बजेट अधिवेशन शुरु हुन लागेको हो । नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज अपराह्न २ बजेका […]
विस्तृतमासरकारले आउँदो आर्थिक वर्ष २०८१०८२ को नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ । आज बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १ गते दिउँसो ३ बजे सङ्घीय संसदमा प्रस्तुत गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
विस्तृतमावैशाख महिनाको २४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु भएको छ। वैशाख १ देखि २४ गतेसम्ममा उनीहरूको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ । आगलागीबाट १८, डढेलोले छ तथा चट्याङ लागेर तीन जनाले ज्यान गुमाएका तथा ९० जना घाइते भएका प्राधिकरणले जनाएको छ ।
विस्तृतमाआज मातातीर्थ औँसी । हरेक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन, आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ । आज आमालाई मीठा खानेकुरा र उपहार दिएर आशीर्वाद लिएर श्रद्धा भक्तिसाथ मातातीर्थ औँसी मनाइँदैछ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र […]
विस्तृतमाधादिङ । नेकपा एमाले नीलकण्ठ नगर कमिटिको अध्यक्षमा काजी श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । मंगलबार सदरमुकाम धादिङबेशीमा सम्पन्न दोश्रो नगर अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ५१ सदस्यीय कमिटि सर्वसम्मत निर्वाचित गरेको छ । कमिटिको उपाध्यक्षमा वेग बहादुर सुनार, सचिवमा राजाराम पाठक, उपसचिवमा सीता दुवाडी लम्साल र सुदिप अधिकारी निर्वाचित हुनुभएको छ । त्यस्तै पाँच सदस्यीय लेखा […]
विस्तृतमाकाठमाडौं । वैदेशिक रोजगारका लागि कुवेत पुर्याई मानवबेचबिखन गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ बस्ने ४७ वर्षीय श्याम बाबु बराकोटी रहेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङको समन्वयमा मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई शुक्रबार बेनिघाट रोराङ-३ बाट पक्राउ गरेको हो । श्याम बाबुले पीडितलाई नेपाल […]
विस्तृतमाडडेल्धुराको नवदुर्गा गाउँपालिका–४ सिरोडमा ट्रयाक्टर दुर्घटना हुँदा धादिङका दुईजनाको मृत्यु भएको छ । गएराति सिरोडको भित्री सडकमा बागमती प्रदेश०१–००१क ९६५१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टर चालक धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय धिरज थापामगर र बेनिघाट रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले जानकारी दिनुभयो। उनीहरूको […]
विस्तृतमाटी–२० क्रिकेटको पाँचौं तथा अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ए लाई छ विकेटले हराएको छ । वेस्ट इन्डिज ए ले दिएको एक सय ७३ रनको लक्ष्य नेपालले १८ ओभर पाँच बलमा ४ विकेट गुमाएर भेट्टायो । नेपालका लागि अनिलकुमार साह र आसिफ शेखले अर्धसतक बनाए । अनिलले ५८ र आसिफले ५१ रन बनाएका हुन् । […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |