धादिङ । थाक्रे गाउपालिका ५ पुरानडाडा घट्टे खोलामा आगलागीबाट दुईजनाको मृत्यु भएको छ । बुधबार बेलुका तेज बहादुर लामाको घरमा आगलागी हुँदा ७० वर्षीय तेज बहादुरसँगै उहाँको पत्नी ठुली लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ढुङ्गा माटोले बनेको घरमा बेलुका करिब १०:१५ बजे तिर एक्कासि आगलागी हुँदा दम्पतिको ज्यान गएको र आगलागीबाट घरमा […]
विस्तृतमाधादिङ । राजनीतिक आस्थाका आधारमा स्थानीय सरकारले गरेको विभेदको विरुद्ध नेपाल निजामती कर्मचारी संगठन एकतावद्ध भएर लाग्ने उद्घोष गरेको छ । स्थानीय तहको सरकारले गर्ने सरुवा, अनाधिकृत रुपमा माग बिहिन बनाउने, जिम्मेवारीबाट हटाउने जस्ता क्रियाकलापमा राजनीतिक पुर्वाग्रह देखिएकोले यस्तो हर्कत रोक्न नेपाल निजामती कर्मचारी संगठनले माग गर्दै बुधबार प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमलाई […]
विस्तृतमाधादिङ । वैदेशिक रोजगारको लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले धादिङको धुनिवेशी नगरपालिका–४ घर भएका जीवा गौतम भन्ने रमेश बयालकोटी, कालिकोट ठेगाना भएका २७ वर्षीय दर्शन नेपाली, काठमाडौं महानगरपालिका–४ चन्डोल बस्ने मन्जु राना मगर, काभ्रेपलान्चोक पाँचखाल नगरपालिका–११ बस्ने २३ वर्षीय […]
विस्तृतमाधादिङ ।उत्तरी धादिङको गंगाजमुना गाउँपालिकामा पर्यटक प्रवर्द्धनका लागि ‘गंगाजमुना तीनसुरे पदमार्ग’ को शुभारम्भ गरिएको छ । आईतबार गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाले गोरखा जिल्लाको आरुघाट गाउँपालिका–४ आर्खेत बजारदेखि बुढाथुम–बाथलडाँडा–लामोपुल–बसेरी–भैँसे–तीनसुरे–पोखराडाँडा–री–गुम्दी हुँदै फूलखर्क जोड्ने उक्त पदमार्गको शुभारम्भ गर्नुभएको हो । आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनका लागि गंगाजमुना गाउँपालिका र ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले धार्मिक, सांस्कृतिक […]
विस्तृतमाधादिङ । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी मुद्धामा धादिङका एक जनालाई पक्राउ गरेको छ। काठमाडौँ स्थित कलंकी बस्ने नीलकण्ठ नगरपालिका ७ का ४७ वर्षिय भिमसेनकुमार श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक÷सूचना अधिकृत रविन्द्र रेग्मीले जानकारी दिनुभयो। कविता उप्रेतीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी भिमसेन कुमार श्रेष्ठ भएको ठगी एक करोड दश […]
विस्तृतमाधादिङ । धादिङको उत्तरी क्षेत्र जोड्ने किन्ताङ खोलामा बेली ब्रिज निर्माण गरिएको छ । खनियाबास गाउँपालिका-४ र नेत्रावती डबजोङ-१ जोड्ने किन्ताङफेदी (किन्ताङखोला) मा बनेको ४२ दशमलव ६७ मिटर लम्बाइ र ४ दशमलव २ मिटर चौडाइको सिङ्गल बेली ब्रिजको सोमबार संघीय सांसद रामनाथ अधिकारी र प्रधानसेनापती प्रभुराम शर्माले संयुक्त रुपमा उद्घाटन् गर्नुभएको छ । नेपाली सेनाको […]
विस्तृतमाधादिङ । बेनिघाट रोराङ गाउँपालिका-९ मझिमटारबाट ५ किलो गाँजा सहित २ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा थाक्रे गाउँपालिका-३ बस्ने २४ वर्षीय विनोद तामाङ र २० वर्षीय रेशम तामाङ रहेका छन् । आइतबार बिहान प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा२ ख १४१० नम्बरको हाइसलाई जाँच गर्ने क्रममा हाइसमा सवार उनीहरूलाई उक्त […]
विस्तृतमाजुगेडी: प्रतिनिधि सभा सदस्य एवं बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले यूनाइटेड सिमेन्ट उद्योग वातावरण मैत्री नबनाए बन्द हुने बताउनुभएको छ। शुक्रबार धुनीवेसी नगरपालिका वडा नं. ९ जुगेडी स्थित यूनाइटेड सिमेन्ट उद्योग प्रभाविहरुको समूह जुगेडी खाद्य अधिकार प्रभावित समूह र फियान नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले वातावरण मैत्री नबनाए उद्योग बन्द हुने […]
विस्तृतमाधादिङ। सदरमुकाम धादिङबेसीमा रहेको जिल्ला आयुर्वेद औषधालय स्तरोन्नति भएको छ । नीलकण्ठ नगरपालिका–३ स्थित नीलकण्ठ बहुमुखी क्याम्पस अगाडी रहेको आयुर्वेद औषधालय आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको रुपमा विस्तार भएसँगै १६ बेडको अस्पतालमा स्तरोन्नति गरिएको छ । तर १६ शय्याको अस्पताल संचालन गर्न मिल्ने आफ्नै भवन नहुँदा सेवा दिन कठिनाई भैरहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङका प्रमुख […]
विस्तृतमाधादिङ । त्रिपुरासुन्दरी गाउँपालिका–१ को रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले विद्युत्तीय गाडी निर्माण गरेका छन् । कक्षा १० मा अध्ययनरत सौरभ बसौला र सुशील अधिकारीले दुई सय किलोभन्दा बढी भार बोकेर गुड्न सक्ने चार पाङ्ग्रे विद्युत्तीय गाडी (कार) निर्माण गरेका हुन् । कक्षा कोठामा विज्ञान शिक्षकले विद्युतीय गाडीको बारेमा जानकारी दिनुभएपछि गाडी निर्माण गर्न […]
विस्तृतमाधादिङ । लामो समयदेखि खुम्रेकिरा प्रकोपबाट आजित बनेका गजुरी गाउँपालिका–३ पुराक्सिङबासीले खुम्रेकिरा नियन्त्रण गर्न लाइट ट्रयाप (बत्तीको पासो) प्रयोग गर्न थालेका छन् । १५ घर चेपाङ र १७ घर तामाङ गरी ३२ घर परिवार बसोबास रहेको पुराक्सिङ गाउँमा २०७२ सालको भुकम्पपछिबाट देखापरेको खुम्रेकीराले बाली सखाप पार्न थालेपछी नियन्त्रण गर्न बत्तीको पासो प्रयोग गरेका हुन् । […]
विस्तृतमा२०८१ साल शुरु भएपछि आगलागि र डढेलोका कारण १० जनाको ज्यान गएको छ । वैशाख १ गतेदेखि हिजो बिहीवार १३ गतेसम्ममा घर तथा संरचनामा भएको आगलागीमा परेर ८ जना र वन डढेलोमा परेर २जना गरी १० जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । उक्त समयमा सात सय ३५ […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |