धादिङ,०९ श्रावण।धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ। जिल्लामा आज पनि ३८ जनामा संक्रमण पुष्टि भएको छ।थप २२ जना पुरुष र १६ जना महिला गरी ३८ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ३५ जना, ज्वालामुखीका २ जना र खनियाबासका १ जना रहेका छन्। साउन १ यता जिल्लामा संक्रमित […]
विस्तृतमाधादिङ,०७ श्रावण।चितवन ब्याडमिण्टन प्रतियोगिता अन्तरगत पुरुष एकलतर्फको उपाधी धादिङ खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिंह तामाङले जितेका छन्। चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजना तथा चितवन ब्याडमिण्टन संघको टेक्निकल सपोटमा भरतपुर कर्भडहलमा भएको ब्याडमिण्टन प्रतियोगितामा पुरुष एकलतर्फ धादिङका अध्यक्ष तामाङले जितेका हुन्। तामाङले नुवाकोटका सन्तोष राईलाई पराजित गर्दै उपाधि जितेका हुन् ।यस्तै एकल तर्फ काठमाडौं खेलकुदका […]
विस्तृतमाधादिङ,०७ श्रावण।धादिङको गंगाजमुना गाउँपालिका वडा नं ६ पिप्ले अर्चलेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँकी ७४ बर्षिया टिका देवी दाहाल रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले धादिङ आवाजलाई जानकारी दिनुभयो। दाहालको आज दिउँसो करिब १ बजेको समयमा आफ्नै घरको आगनमा रहेको फलामको तारमा […]
विस्तृतमाधादिङ,०३ श्रावण।नीलकण्ठ नगरपालिका८ च्याडु घुम्ती नजिकै सडक माथीबाट खसेको पहिरोले अवरुद्ध धादिङबेसी मलेखु सडक खुलाउन अझै केही घण्टा लाग्ने भएको छ । बुधबार अपह्रान्हदेखी अवरुद्ध धादिङबेसी मलेखु सडक (कालुपाण्डे मार्ग) खुलाउन अझै ३४ घण्टा लाग्ने नीलकण्ठ–८ का वडा अध्यक्ष प्रकाशकुमार श्रेष्ठले जानकारी दिए । अहिले त्यस क्षेत्रमा सवारीको लाम लागेको छ । घुम्ती कटेर सडक […]
विस्तृतमाधादिङ,०२ श्रावण।धादिङका थप १७ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ। आज १० जना पुरुष र ७ जना महिला गरी १० जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितसबै नीलकण्ठ नगरपालिका हुन्। डेंगीको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउने र पाँचदेखि छ दिनसम्म ज्वरो रहने हुन्छ । आँखाको गेडी दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी […]
विस्तृतमाधादिङ,०२ श्रावण।नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य टनेल करिब ४ सय मिटर मात्रै खन्न बाँकी रहेको छ। सुरुङमार्गको मुख्य टनेल करिब चार सय मिटर र रेस्क्यु टनेल करिब ३५ मिटर मात्रै खन्न बाँकी रहेको निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवाका प्रमुख इन्जिनियर नारायण दुवाडीले जानकारी दिनुभयो । सुरुङमार्गको आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित उच्च अधिकारीसहितको टोलीले सुरुङमार्गमा […]
विस्तृतमाकाठमाडौं,०२ श्रावण।बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय बुधबार उद्घाटन गरिने भएको छ। लामो समयको प्रतीक्षापछि बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएसँगै बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्ने भएका हुन् । आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना इकाइ रहेको गोरखाको सिउरेनीटारमा आयोजनाको फिल्ड कार्यालय भोलि बुधबार उद्घाटन गर्ने तयारी […]
विस्तृतमाधादिङ,०२ श्रावण।धादिङका ४ वटा स्थानीय तहले आर्थिक बर्ष २०८०/८१ को वजेट पेश नगरेको पाईएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वजेट अपडेट पोर्टलमा ४ वटा गाउँपालिकाले वजेट पेश नगरेको पाईएको हो। स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ७१ को उपदफा एक र पाँच बमोजिम असार १० गते भित्र नगर तथा गाउँ सभामा पेश भएको […]
विस्तृतमाधादिङ,०१ श्रावण। धादिङबेशीबाट प्रकाशन हुने ‘धादिङ आवाज दैनिक’ २५ औँ वर्षमा प्रवेश गरेको छ। विकास, विचार र ताजा समाचारको स्वतन्त्र खुराक भन्ने मूल नारासहित प्रकाशन हुने दैनिक पत्रिका ‘धादिङ आवाज दैनिक’ आजबाट २५ औँ वर्षमा प्रवेश गरेको हो । यो पत्रिका २०५६ साल देखी निरन्तर प्रकाशित हुदैँ आएको छ । धादिङ जिल्लालाई मुख्य कार्य थलो […]
विस्तृतमाधादिङ,२९ असार।धादिङका थप १६ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ। आज शनिबार ११ जना पुरुष र ५ जना महिला गरी १६ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।संक्रमितमध्ये सिद्धलेक,ज्वालामुखी र त्रिपुरासुन्दरीका १/१ जना र नीलकण्ठ नगरपालिकाका १३ जना रहेका छन। यो सहित जिल्लामा संक्रमित हुनेको संख्या २ हजार ८१८ जनामा संक्रमण पुष्टि भएको […]
विस्तृतमाधादिङ,३० असार। नीलकण्ठ न.पा. -२ पात्ले भन्ने स्थानमा पहिराेका कारण ३३ के.भि. प्रसारण लाईनकाे पाेल अत्यन्त जाेखिम अवस्थामा रहेकाेले साे पाेल बदली गर्नकाे लागि आज शनिबार धादिङ वितरण केन्द्र अन्तर्गतकाे धादिङबेशी सबस्टेशन तथा सल्यान्टार सबस्टेशनबाट सञ्चालन हुने सम्पुर्ण फिडर एरियाहरूमा दिउसाे १ बजेदेखि ३ बजेसम्म विद्युत सेवा अबरूद्व हुने ब्यहोरा अनुरोध छ । यसबाट ग्राहक […]
विस्तृतमाधादिङ,२९ असार।धादिङमा डेङ्गी संक्रमित हुनेको संख्या २ हजार ८ सय नाघेको छ । आज शुक्रबार मात्रै थप २१ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ।१० जना पुरुष र ११ जना महिला गरी २१ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये ज्वालामुखीका २ जना,रुवीभ्यालीका २ जना र नीलकण्ठ नगरपालिकाका १७ जना रहेका छन। यो […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |