धादिङ,१४ श्रावण।धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ। २ हप्ताको अवधीमा ५ सय भन्दा बढिलाई संक्रमण देखिएको छ ।शनिबार र आईतबारमात्रै थप ९९ जनामा संक्रमण पुष्टि भएको छ । हिजो शनिबार ४८ जना र आज आईतबार ५१ जना गरी ९९ संक्रमित थपिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ८६ जना, बेनिघाट रोराङका […]
विस्तृतमाधादिङ,१४ श्रावण।धादिङमा गत आर्थिक वर्ष ०७९/०८० मा दुई हजार ९१५ पिन्ट रगत सङ्कलन गरिएको छ। जिल्लामा २०७९ श्रावण १ देखी २०८० असार मसान्तसम्म जिल्लाका बिभिन्न ४४ सघसंस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रमबाट २ हजार ९१५ पिन्ट रगत सङ्कलन गरिएको धादिङ रेडक्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो। जिल्लाको बिभिन्न स्थानमा भएको रक्तदान कार्यक्रममा ७४९ जना महिला […]
विस्तृतमाधादिङ,१३ श्रावण।धादिङमा बैँक, वित्तिय संस्था तथा सहकारी कर्मचारी युनियनको तदर्थ समिति गठन गरिएको छ। जिल्लामा छरिएर रहेका बैँक तथा वित्तिय र सहकारी क्षेत्रका कर्मचारीको हक अधिकार सुनिश्चित गर्नका लागि कर्मचारी युनियनको तदर्थ समिति गठन गरिएको हो । शनिबार धादिङबेसीमा भएको भेलाले गोकर्ण दुवाडीको संयोजकत्वमा ९ सदस्यिय तदर्थ समिति गठन गरेको छ । समितिको सचिवमा जिवन […]
विस्तृतमाधादिङ,१३ श्रावण।धादिङको थाक्रे गाउँपालिका–२ बाट १ किलो ९५० ग्राम गाँजासहित एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–७ बस्ने ३१ वर्षीया शर्मिला मगर रहेकी छिन् । शनिबार बिहान साढे ९ बजे इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरी निरीक्षक डबलबहादुर बमको टोलीले मकवानपुरबाट आउँदै गरेको बा ५ ख ६५९० नम्बरको बसमा सवार मगरको झोला […]
विस्तृतमाधादिङ,१३ श्रावण।धादिङमा अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ। धादिङको गंगाजमुना गाउँपालिका वडा नं ४ गुम्दी बस्ने बर्ष ४१ को शम्भु अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । शुक्रबार आफ्नै बारीमा भएको चिलाउनेको रुखमा अरिङ्गाल पोल्ले क्रममा लडेर घाईते भई उपचारको लागी जिल्ला अस्पताल धादिङ ल्याईएको अधिकारीको आज दिउँसो […]
विस्तृतमाधादिङ,१२ श्रावण।धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ। गएको १२ दिनमा चार सय बढिमा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा मात्रै ६० जनामा संक्रमण पुष्टि भएको छ।थप ३१ जना पुरुष र २९ जना महिला गरी ६० जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ५८ जना, खनियाबासका १ जना […]
विस्तृतमाधादिङ,११ श्रावण।बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले आजैदेखि लागू हुने गरी सार्वजनिक सवारीको भाडादर समायोजन गरेसँगै धादिङसहित प्रदेश भित्र चल्ने सार्वजनिक सवारीको भाडा घटेको हो । यात्रुवाहक सवारी साधनमा २०८० जेठ ११ गतेदेखी लागु गरेको भाडादरमा २.३० प्रतिशत भाडा घटी गर्ने,उपरोक्त भाडादरमा यात्रुले १५ केजीसम्म […]
विस्तृतमाधादिङ,११ श्रावण।धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ। पछिल्लो २४ घण्टामा ५७ जनामा संक्रमण पुष्टि भएको छ।थप ३२ जना पुरुष र २५ जना महिला गरी ५७ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ४५ जना, ज्वालामुखीका ५ जना, गंगाजमुनाका ३ जना,सिद्धलेकका १, नेत्रावती डवजोङका १, खनियाबासका १ र रुवीभ्यालीका […]
विस्तृतमाधादिङ,०९ श्रावण।निर्वाचन खर्च विवरण पेश नगर्ने धादिङका १७ जना उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ। गत मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएर निर्वाचन खर्च विवरण पेश नगर्ने धादिङका १७ जना सहित ५ हजार ५ सय ६२ जनालाई १५ हजार रुपैयाँ जरिबाना तोकेको हो। आयोगले आज विज्ञप्ति निकालेर प्रतिनिधिसभातर्फ २ हजार […]
विस्तृतमाधादिङ,०९ श्रावण।धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ। जिल्लामा आज पनि ३८ जनामा संक्रमण पुष्टि भएको छ।थप २२ जना पुरुष र १६ जना महिला गरी ३८ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ३५ जना, ज्वालामुखीका २ जना र खनियाबासका १ जना रहेका छन्। साउन १ यता जिल्लामा संक्रमित […]
विस्तृतमाधादिङ,०७ श्रावण।चितवन ब्याडमिण्टन प्रतियोगिता अन्तरगत पुरुष एकलतर्फको उपाधी धादिङ खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिंह तामाङले जितेका छन्। चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजना तथा चितवन ब्याडमिण्टन संघको टेक्निकल सपोटमा भरतपुर कर्भडहलमा भएको ब्याडमिण्टन प्रतियोगितामा पुरुष एकलतर्फ धादिङका अध्यक्ष तामाङले जितेका हुन्। तामाङले नुवाकोटका सन्तोष राईलाई पराजित गर्दै उपाधि जितेका हुन् ।यस्तै एकल तर्फ काठमाडौं खेलकुदका […]
विस्तृतमाधादिङ,०७ श्रावण।धादिङको गंगाजमुना गाउँपालिका वडा नं ६ पिप्ले अर्चलेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँकी ७४ बर्षिया टिका देवी दाहाल रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले धादिङ आवाजलाई जानकारी दिनुभयो। दाहालको आज दिउँसो करिब १ बजेको समयमा आफ्नै घरको आगनमा रहेको फलामको तारमा […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |