धादिङ,०६ असार ।राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसको अवसरमा धादिङबेशीमा रक्तदान कार्यक्रम गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी धादिङको आयोजनामा धादिङ अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा २६ जना महिला र ८० जना पुरुष गरी १०६ जनाले रक्तदान गरेको नेपाल रेडक्रम सोसाइटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो। रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार […]
विस्तृतमाधादिङ,०१ असार।नेकपा एमाले केन्द्रिय सदस्य तथा धादिङका इन्चार्ज धर्मदत्त देवकोटाले एमाले पार्टी युवाहरूको पार्टी बनाउन आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार धादिङबेशीस्थित मदन आश्रित भवनमा भएको नेकपा एमाले जिल्ला कमिटी धादिङको सातौं पुर्ण बैठकलाई सम्बोधन गर्दै इन्चार्ज देवकोटाले सो कुरा बताउनुभएको हो । देवकोटाले पार्टीको आन्तरिक गुनासा र समस्या पार्टीभित्रैबाट समाधान गर्नुपर्ने पनि बताउनुभएको छ […]
विस्तृतमाधादिङ,२६ जेठ ।नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष एवम सांसद राजेन्दप्रसाद पाण्डेले यथास्थितिमा बजेट पास गर्न नदिने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रिय अधिवेशनलाई सम्बोधन गर्दै पाण्डेले अहिलेकै अवस्थामा बजेट पास हुन नसक्ने बताउनुभएको हो । उहाँले वर्तमान बजेट असमानता र अन्यायपूर्ण रहेको भन्दै यथास्थितिमा कुनै पनि हालतमा बजेट पास […]
विस्तृतमाधादिङ,२५ जेठ ।नेपाल प्रेस युनियन धादिङकोे अध्यक्षमा सन्तोष श्रेष्ठ चयन हुनुभएको छ। बुधबार जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यान्टारमा भएको शाखाको नवौँ जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसमा कार्यसमितिको उपाध्यक्ष(खुल्ला)मा सन्तोष अधिकारी, उपाध्यक्ष(समावेशी)मा बिनु सिंखडा, सचिवमा मनिश श्रेष्ठ, सहसचिवमा सुशिला विश्वकर्मा, कोषाध्यक्षमा सितल सापकोटा चयन हुनुभएको छ । […]
विस्तृतमाधादिङ,१९ जेठ ।नेकपा एमालेको निकट युवा संगठन राष्ट्रिय युवा संघ धादिङले वर्तमान सरकार विरुद्ध खानिखोलामा प्रदर्शन गरेको छ । युवा संघले बिहिबार साँझ धुनिबेशी नगरपालिकाको खानिखोलामा विरोध प्रदर्शन गरेको हो । युवा संघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलको पुत्ला दहनसंगै मसाल जुलुस प्रदर्शन गरेको युवा संघ धादिङका सचिव हरि शरण जमकटेलले जानकारी […]
विस्तृतमाधादिङ,०९ ज्येष्ठ।नेपाली काँग्रेसका सांसद रामनाथ अधिकारीले धादिङवेशी–फोस्रेटार सडक कालोपत्रे गर्न र किन्ताङखोलामा बेलिब्रिज बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद अधिकारीले धादिङवेसी–सुनौलाबजार–फोस्रेटार नुवाकोट जोड्ने सडक कालोपत्रेको लागि बजेट व्यवस्थापन गर्न माग गर्नुभएको हो । वि.स. २०७२÷७३ मा सुरु भएको ३२ किलोमिटर सडकको हाल जम्मा ८ किलोमिटर मात्रै कालोपत्रेको […]
विस्तृतमाधादिङ,०९ ज्येष्ठ।नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले विदेश जाने युवालाई नेपालमै तालिम दिएर पठाउने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ। मंगलवार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद पाण्डेले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई ३ महिना नेपालमै तालिम दिएर पठाउने व्यवस्था गर्नुपर्ने बताउनुभएको हो । त्यसैगरी काठमाडौँ हुँदै धार्के, […]
विस्तृतमाधादिङ,०८ ज्येष्ठ।राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवम सांसद डिपी अर्यालले सरकारको नीति कार्यक्रम खारेजै हुनुपर्छ भन्नु अतिशयोक्ति भएको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद अर्यालले नीति कार्यक्रम कामै नलाग्ने भएकाले खारेजै हुनुपर्छ भन्नु अतिशयोक्ति भएको बताउनुभएको हो । उहाँले कतिपय बुँदाहरूले आकाशको फल झारिदिन्छौँ भन्ने आश्वासन दिएको भान भएको […]
विस्तृतमाधादिङ,०५ ज्येष्ठ ।बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पहुँचका आधारमा अनुदान पाउने प्रणाली अन्त्य गर्ने बताएका छन् । हेटौँडामा बिहिबार पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाको प्रदेशस्तरीय अन्तक्र्रियामा जम्कट्टेलले वास्तविक किसानलाई समेट्दै प्रदेश सरकार अघि बढ्ने भन्दै किसानलाई निरास नहुन आग्रह गरेका छन् । किसानहरु पछिल्लो समय कृषि क्षेत्रमा उत्साहित नभएको उल्लेख गर्दै उनले किसान […]
विस्तृतमाधादिङ,०४ ज्येष्ठ ।नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले एमालेमा अब कार्यकर्ताबाटै उम्मेदवार छान्न दिने बताउनुभएको छ । बुधबार एमाले धादिङद्धारा आयोजित मदन आश्रीतको ३० औँ स्मृति दिवस तथा नेपाली राजनितिमा जवजको योगदान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले कार्यकर्तालाई उम्मेदवार छान्न दिने र आफुले छानेकोलाई नजिताए सिस्नुपानी लाउने बताउनु भएको हो । जनताको बहुदलिय […]
विस्तृतमाधादिङ,०२ ज्येष्ठ।सांसद राजेन्द्रप्रसाद पाण्डेले राहदानी विभाग, यातायात र मालपोत कार्यालयलाई व्यवस्थित गर्नुपर्ने बताउनुभएको छ । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पाण्डेले राहदानी विभाग, यातायात कार्यालय लगायत ड्राइभिङ लाइसेन्स लिने ठाउँ, मालपोत कार्यालयलाई व्यवस्थित बनाउन जरुरी रहेको बताउनुभएको हो । यी क्षेत्रहरुमा समयमै ध्यान नपु¥याए कुनै पनि बेला दुर्घटना हुनसक्ने अवस्था रहेको […]
विस्तृतमाधादिङ,०१ ज्येष्ठ ।नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघ धादिङले सरकारी सवारी साधनको दुरुपयोग रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएको छ । युवा संघ धादिङले सोमबार जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ । राष्ट्रिय युवा संघ धादिङका अध्यक्ष सुनिल तामाङको नेतृत्वमा गएको टोलिले सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीमार्फत संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |