जिल्ला प्रशासन कार्यालय धादिङले पनि गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण गर्न सुरु गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले दुई जनालाई गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरि धादिङमा पनि सेवाको सुरूवात गरिएको कार्यालयले जनाएको छ । प्रशासन कार्यालयले नीलकण्ठ नगरपालिका वडा नम्बर १४ जन्मस्थान भई हाल संयुक्त अधिराज्य बस्ने गंगा बहादुर बस्नेत […]
विस्तृतमाजिल्ला प्रशाासन कार्यालय धादिङले प्लाष्टिकजन्य फूलगुच्छा तथा मालाको प्रयोग नगर्न अनुरोध गरेको छ। प्रशासनले मंगलबार एक सूचना जारी गर्दै नेपालीहरूको मुख्य पर्वहरु शुभ दिपावली, नेपाल सम्वत् तथा छठ पर्व लगायत मेला महोत्सव तथा अन्य सभा समारोहहरूमा प्लास्टिकका फूलगुच्छा तथा मालाहरुको प्रयोग नगर्न अनुरोध गरेको हो। प्लाष्टिकजन्य सामग्रीहरूको प्रयोगले वातावरण प्रदुषण हुने, स्थानीय कृषकहरुबाट उत्पादित फूलले […]
विस्तृतमाधादिङ – धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ स्थित सल्यानटारमा ‘प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेला’ शुरु भएको छ । मेलाको शुक्रबार नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले उदघाट्न गर्नु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै केपि शर्मा ओलीले आफू प्रधानमन्त्री नभई बहुचर्चित जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना नबन्ने बताउनुभयो । आफू […]
विस्तृतमाधादिङ । नेपाल तमू (गुरुङ) विद्यार्थी छोज धीं को २१ औं राष्ट्रिय पार्षद भेला भोली शनिबारदेखी सदरमुकाम धादिङबेसीमा हुदैँछ। धादिङबेसीस्थित क्रिक रिसोर्टमा हुन लागेको पार्षद भेलाको तयारी पूरा भएको आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । भेलामा देशभरिबाट करिब १ सय ५० जना प्रतिनिधि र पर्यवेक्षकहरु सहभागि हुने भेलाको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको […]
विस्तृतमाधादिङ-धादिङको गाउँ–गाउँ पुगेर सर्वसाधारणको सुन सफा गरिदिने भन्दै सुन ठगीगर्ने दुई भारतीय नागरिक पक्राउ परेका छन् । सुन सफा गर्ने नाउँमा ठगी गर्दै हिँडेको आरोपमा भारत विहार प्रदेश मोतिहार २५ बर्षिय राज किशोर कुमार र भारत विहारकै पुर्वी चम्पाहरणका २३ बर्षिय पवन कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सोमबार थाक्रे गाउँपालिका […]
विस्तृतमाधादिङ । धादिङ प्रशासनले जिल्लाका सम्पूर्ण सरकारी कार्यालय परिसरमा रहेको अबैध क्यान्टिनहरु तत्काल बन्द गर्न निर्देशन दिएको छ। प्रशासन कार्यालयले मंगलबार एक सूचना जारी गर्दै बिभिन्न कार्यालयका जग्गा तथा भवन उपयोग गरी अबैध रुपमा प्रचलित कानूनी प्रकिया पुरा नगरी चलिरहेका क्यान्टिन, खाजाघर, चमेना गृहहरु तत्काल बन्द गराई प्रशासनलाई जानकारी गराउन आग्रह गरेको छ । अबैध […]
विस्तृतमाधादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ स्थित सल्यानटारमा प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेला हुने भएको छ । हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारीको आयोजना, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ को प्रवर्द्धन तथा त्रिपुरासुन्दरी गाउँपालिकाको संरक्षणमा कात्तिक १७ गतेदेखि २७ गतेसम्म सल्यानटारमा पहिलो पटक कृषि प्रदर्शनी तथा व्यापार मेला हुने आयोजक सहकारीका अध्यक्ष शुरेस कुमार […]
विस्तृतमाधादिङ ।धादिङ जिल्ला केन्द्र भएर हिजो आईतबार एकैदिन ४ म्याग्निच्युडभन्दा माथिको सात पटकसम्म भूकम्प गएको छ। हिजो बिहान ७ बजेर ३९ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिकाको खरी आसपासलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएपछि फेरि ६ पटकसम्म धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । हिजो बिहान ८ बजेर ८ […]
विस्तृतमाधादिङ-धादिङमा आज विहानदेखि पटक पटक भूकम्प गएकोे छ। ज्वालामुखी गाउँपालिकाको खरीनै केन्द्रबिन्दु भएर बेलुका ५ः३१ मा फेरी ५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। धादिङ नै केन्द्रविन्दु बनाएर अपराह्न ४ः०३ मिनेटमा ४.४ म्याग्नेच्युडको भूकम्प मापन भएको थियो। बिहान ८ः०८ बजे ४.२ म्याग्नेच्युड, ८ः२८ बजे ४.३ र ८ः५९ मिनेटमा ४.१ म्याग्नेच्युडको […]
विस्तृतमाधादिङ । त्रिपुरासुन्दरी गाउँपालिका–२मा रहेको सल्यानटार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः लक्ष्मण प्रसाद उपाध्याय चयन हुनुभएको छ। संस्थाको चौथों वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनबाट उपाध्याय अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।उपाध्यक्ष रुपा खत्री अधिकारी, सचिवमा शुसिल श्रेष्ठ, कोषाध्यक्षमा शिशिर दनै र सदस्यहरुमा गणेश बसौला, लक्ष्मण गिरी र गंगा पाण्डे चयन भएका […]
विस्तृतमाधादिङ । आजदेखी रामेछापमा बागमती प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु हुदैँछ। नेपाल बिद्यार्थी संघ रामेछापद्धारा बिजया दशमी, दिपावली एवम छठको अवसरमा आयोजित प्रथम नेवि संघ कप २०८०मा धादिङको भलिबल टिम पनि सहभागी हुने भएको छ । प्रतियोगिताका लागि धादिङबाट मनोज श्रेष्ठको कप्तानीमा ९ सदस्यीय टिमको घोषणा गरिएको छ। टिममा रविन नगरकोटी, शरण सामरी, […]
विस्तृतमाधादिङ । धादिङमा आज दिनभर विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले सूचना जारी गर्दै आज देबिघाट देखी धादिङबेशी र जरे सबस्टेशनसम्म प्रशारण गरिएको रातमाटे धादिङ ३३ के.भि प्रशारण लाईन पेट्रोलिङ,मर्मत संभार तथा लाईनको नजिक रहेका रुखका हाँगाबिगाँ काट्नुपर्ने भएकोले बिहान ११ बजेदेखी दिउँसो ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |