धादिङ । धादिङको सिद्धलेक गाउँपालिका स्थित सिद्धलेक (सिद्धबाबा मन्दिरमा) चौथो सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको छ । सिद्धलेक ढेवाडाँडा समाज सिद्धलेक–२ को आयोजना तथा सिद्धलेक गाउँपालिकाको प्रायोजनमा महाशिवरात्री पर्वको अवसरमा आन्तरिक तथा वाह्य पर्यटन प्रवद्धन गर्ने उद्देश्यले आगामी फागुन २५ गते शुक्रबारका दिन चौथोे सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव हुने सिद्धलेक […]
विस्तृतमाधादिङ । १८ बुँदे माग राख्दै धादिङका किसानहरु आन्दोलनमा उत्रिएका छन् ।दूधको बाँकी रकम भुक्तानी र मिल्क होलिडेको अन्त्य गर्नुपर्ने लगाएतका माग राख्दै किसानहरु आन्दोलनमा उत्रिएका हुन् । सोमबार किसानहरुले प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेलाई ज्ञापनपत्र बुझाएका छन् । अखिल नेपाल किसान महासंघ धादिङ, राष्ट्रिय किसान सञ्जाल र दुग्ध उत्पादक सहकारी संघ धादिङले संयुक्त रुपमा […]
विस्तृतमाधादिङ । सिद्धलेक गाउँपालिका–२ नलाङमा प्रथम वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नव क्षितिज युवा क्लबले फागुन २६ गतेदेखी मल्लनगर आप्रीमा वडास्तरीय भलिबल प्रतियोगिता गर्न लागेको हो ।आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन २५ गतेसम्म टिम दर्ता गर्न सकिने र खेलाडी एउटै वडाको हुनुपर्ने छ । प्रतियोगितामा प्रथम हुने टिमलाइ २० हजार, दोश्रो […]
विस्तृतमादादुरा–रुवेलाको खोप देशब्यापी रूपमा लगाइदैँछ । आजदेखी जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा फागुन १३ देखी चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको हो । धादिङमा भने दुई चरणमा खोप अभियान सञ्चालन गरिदै छ ।स्वास्थ्य कार्यालय धादिङले जिल्लाको १३ वटै पालिकाहरुमा खोप अभियान सञ्चालन गर्ने भएको हो । पहिलो चरणमा आजदेखी १९ गतेसम्म धुनिबेसी नगरपालिका, […]
विस्तृतमाकवियत्री सृजना अर्यालको ‘बोध अन्तर्बोध’ (कवितासङ्ग्रह) र ‘गुलाबी मन’ (गजल अडियो) लोकार्पण गरिएको छ। धादिङ सिर्जना प्रतिष्ठानको आयोजना तथा सिद्धलेक गाउँपालिकाको आर्थिक सहयोगमा बुङचुङस्थित गाउँपालिकाको हलमा आयोजित एक समारोहका बिच अर्यालको दोस्रो कविताकृति ‘बोध अन्तर्बोध’ र गजल अडियो ‘गुलाबी मन’ लोकार्पण गरिएको हो । शनिबार आमा लक्ष्मी अर्याल,प्राज्ञ तथा व्यङ्ग्यकार नरनाथ लुईँटेल, प्रा डा. रामहरि […]
विस्तृतमाधादिङ । धादिङमा भोलि आईतबार देखी दादुरा–रुबेला खोप अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य कार्यालय धादिङले जिल्लाको १३ वटै पालिकाहरुमा खोप अभियान सञ्चालन गर्ने भएको हो ।खोप अभियान दुई चरणमा सञ्चालन गरिने भएको छ । पहिलो चरणमा भोलि १३ गते देखि १९ गतेसम्म धुनिबेसी नगरपालिका, खानियाबास, गंगाजमुना, त्रिपुरासुन्दरी, गजुरी, गल्छी, बेनिघाट रोराङ र थाक्रे […]
विस्तृतमाधादिङ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा स्थानिय तहको लेखा प्रणाली र आर्थिक प्रणालीसँग जोडिएर मूल्याङ्कन गरी नतिजा प्रकाशित गरेको छ । प्रदेश तथा स्थानीय तहको कार्य सम्पादन मूल्याङ्कन कार्यबिधि २०७८ को दफा ७ को अधिनमा रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्य सम्पादन सुचकको मूल्याङ्कन गरेर अङ्क प्रदान गरी […]
विस्तृतमाधादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लामा राती ९ बजेपछि देउसी भैलो लगायतका कार्यक्रममा रोक लगाएको छ। प्रशासनले बुधबार एक सूचना जारी गर्दै सामाजिक तथा धार्मिक सद्भाव कायम गर्दै चाडपर्व सभ्य, सुरक्षित र मर्यादित रुपमा मनाउन भन्दै राति ९ बजेपछि देउसी भैलो लगायतका कार्यक्रम गर्न रोक लगाएको हो । देउसी भैलो राती ९ बजेसम्म खेल्न […]
विस्तृतमाजिल्ला प्रशासन कार्यालय धादिङले पनि गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण गर्न सुरु गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले दुई जनालाई गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरि धादिङमा पनि सेवाको सुरूवात गरिएको कार्यालयले जनाएको छ । प्रशासन कार्यालयले नीलकण्ठ नगरपालिका वडा नम्बर १४ जन्मस्थान भई हाल संयुक्त अधिराज्य बस्ने गंगा बहादुर बस्नेत […]
विस्तृतमाजिल्ला प्रशाासन कार्यालय धादिङले प्लाष्टिकजन्य फूलगुच्छा तथा मालाको प्रयोग नगर्न अनुरोध गरेको छ। प्रशासनले मंगलबार एक सूचना जारी गर्दै नेपालीहरूको मुख्य पर्वहरु शुभ दिपावली, नेपाल सम्वत् तथा छठ पर्व लगायत मेला महोत्सव तथा अन्य सभा समारोहहरूमा प्लास्टिकका फूलगुच्छा तथा मालाहरुको प्रयोग नगर्न अनुरोध गरेको हो। प्लाष्टिकजन्य सामग्रीहरूको प्रयोगले वातावरण प्रदुषण हुने, स्थानीय कृषकहरुबाट उत्पादित फूलले […]
विस्तृतमाधादिङ । धादिङको सिद्धलेक गाउँपालिका–२ नलाङ गरमछापका मिलन विश्वकर्मा भ्वाईस अफ नेपाल सिजन ५ को नकआउटमा प्रवेश गरेका छन्। नेपालकै चर्चित रियालिटि सो द भ्वाईस अफ नेपालको शनिबार भएको व्याटल राउण्डमा उत्कृष्ट प्रस्तुति दिएर कोचको मन जित्न सफल भएपछि उनले नक आउटको यात्रा तय गरेका हुन् । कोच राजेश पायल राईको टिममा रहेका मिलनको ब्याटल […]
विस्तृतमाधादिङ । नेपाल तमू (गुरुङ) विद्यार्थी छोज धीं को २१ औं राष्ट्रिय पार्षद भेला भोली शनिबारदेखी सदरमुकाम धादिङबेसीमा हुदैँछ। धादिङबेसीस्थित क्रिक रिसोर्टमा हुन लागेको पार्षद भेलाको तयारी पूरा भएको आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । भेलामा देशभरिबाट करिब १ सय ५० जना प्रतिनिधि र पर्यवेक्षकहरु सहभागि हुने भेलाको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |